Print

कम्युनिष्टको लालकिल्ला पर्वतको ठुलिपोखरीमा एमालेकोे बृहत सभा

२८ वैशाख, पर्वत । आगामी आइतवार हुन लागेको स्थानिय तहको निर्वाचनको प्रचारप्रसारमा सक्रिय बनेको नेकपा एमालले आफ्नो चुनाव प्रचारप्रसार अभियान अन्तर्गत ठुलीपोखरीमा कोणसभा गरेको छ । सिल्मी र ठुलीपोखरीमा गरिएको घरदैलो र भेटघाँट सँगै आयोजित कोणसभालाई सम्वोधन गर्दै नेताहरुले राष्ट्रियताको रक्षा गर्ने एकमात्र पार्टी एमाले भएको बताएका छन् । राष्ट्रियताको रक्षा र आम नेपालीको स्वाभिमानका लागि सँधैभरी प्रतिवद्ध रहेको नेकपा एमालेलाई भरोसा गर्न उनिहरुले आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले मुलुकको भविष्य कोर्ने पार्टी एमालेनै भएको बताउँदै अब हुने तीनै तहको चुनावमा एमालेलाई पहिलो शक्तिको रुपमा विकास गर्नुपर्ने बताए । उनले जबसम्म मुलुकमा एमालेका जीत हुँदैन तब अन्य राजनीतिक दलहरुले विदेशकीको पोल्टामा फाल्न लागेको बताउँदै बेलैमा सोच्न समेत आम मतदातालाई आग्रह गरे । उनले मुलुकका सात सय ४४ वटै स्थानिय तहलाई समृद्ध बनाउन एमालेको सरकार आवश्यक रहेको दावी समेत गरे । पौडेलले कुश्मा नगरपालिकामा एमालेलाई बिजयी गराएर घरघरमा विकासको मुल फुटाउन आग्रह गरे ।


सो अवसरमा नेकपा एमाले पर्वतका युवा नेता तथा जिल्ला अध्यक्ष पदमपाणी शर्माले मुलुकको समृद्धि र विकास चाहाने पार्टी भनेकै एमाले भएको बताउँदै एमालेलाई बिजयी गराएर सुखको सास फेर्न पनि आग्रह गरे । बृद्धबृद्धा, एकल महिला, अपाङ्ग, बेरोजगार र अशिक्षितहरुका लागि एमाले एउटा सफल अभिभावक बनेको बताउँदै अबको एमालेको सरकारले सवै सामाजिक सुरक्षा कार्यक्रममा तीन गुणाले बृद्धि गर्ने पनि बताए । उनले एमालेको सुर्य चिन्हमा मतदान गरेर मेघनाथ सुवेदी र मुगा पोखरेललाई बिजयी गराउन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट कुश्मा नगरपालिकाका प्रमुखका उम्मेदवार मेघनाथ सुवेदीले आफु यहि ठाउँमा जन्मिएर हुर्र्किएर राजनीतिमा सक्रिय भएको बताउँदै नगरभित्रका सवै समस्या पहिचान गर्न सक्ने क्षमता आफुमा भएकाले स्थानिय चुनावमा बिजयी गराएर आ–आफ्नो क्षेत्रको विकासको सपना पुरा गर्न आग्रह गरे । उनले आफुँ सधै सोहि क्षेत्रमा क्रियाशिल रहने बताए ।


कार्यक्रममा एमाले पर्वतका उपसचिब गोविन्द पहाडि, उपप्रमुखका उम्मेदवार मुवाकुमारी शर्माले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आग्रह गरे । ठुलीपोखरी गाउँ कमिटिका अध्यक्ष रााजिन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गुमाकुमारी गौतम र संचालन सचिब भरत सापकोटाले गरेका थिए ।  सो अवसरमा पकुवा स्थिति सिल्मीमा पनि कोणसभा सम्पन्न भएको थियो ।