Print

एमाले कार्यकर्ता कुटपिटमा पर्वतमा कांग्रेसका उमेदवार नै सक्रिय

२८ वैशाख, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका ११ पकुवामा काँग्रेस नेताहरुले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

नेकपा एमालेको शान्तिपुर्ण ¥यालि भैरहेका बेला नेपाली काँग्रेसका कुश्मा नगरपालिका ११ वडाका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर नेपाली, नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्र रिमाल र वडा सदस्यका उम्मेदवार प्रेमबहादुर क्षेत्री लगायतले आक्रमण गरेका हुन् ।

नेकपा एमालेका कार्यकर्ता तथा युवा संघका गाउँ कमिटि सदस्य अनिल सुवेदीमाथि उनिहरुले आक्रमण गरेका थिए । मोटरसाईकलमा रहेका उनलाई चापी खोस्दै किन एमालेको प्रचारमा हिडेको भन्दै नेपालीले हातपात गरेको पिडित सुवेदीले जानकारी दिएका छन् । त्यस्तै नेकपा एमाले वडा कमिटिका सहसंयोजक टंकनाथ पौडेलमाथि पनि हातपात गरेको पिडितले बताएका छन् ।

आज नेकपा एमालले पकुवामा बृहद ¥याली तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो । सिल्मीका युवा अनिललाई पकुवामा आएर एमालेको प्रचारमा किन हिँडेको भन्दै आक्रमण गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।  उनिहरु हतियार सहित आएको पनि बताइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतले घटनाका विषमा बुझ्नका लागि प्रहरी निरिक्षक मधकरजंग विष्ट सहितको टोली पकुवा पठाइएको जानकारी दिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।
चुनावी प्रचारमै हिडिरहेका बेला काँग्रेसका जिम्मेवार कार्यकर्ता मिनबहादुर नेपाली, रुद्र रिमालजस्ता व्यक्तिले एमाले कार्यकर्तालाई आक्रमण गरेको विषयले गम्भीर बनाएको एमाले पर्वतले जनाएको छ ।