Print

मतदातालाई वैशाख ३० गतेभित्र परिचयपत्र लिन निर्वाचन कार्यालय पर्बतको आह्वान

२६ वैशाख, पर्वत । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यलय पर्बतका निर्वाचन अधिकृत लक्षु शर्माका अनुसार बैशाख २८, २९ र ३० गते प्रत्येक मतदान केन्द्रमा गएर फोटोसहितको मतदाता परिचयपत्र लिने बताइएको छ । साथै आ–आफ्नो परिचयपत्र निर्धा्रित समयभित्र लिन सम्पूर्ण मतदातालाई आग्रह गरिएको शर्माले बताउनुभयो ।

मतदाता परिचयपत्र आआफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिनेछ ।
मतदाता परिचय पत्र लिन जाँदा सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने र अशक्त, असाहाय तथा बिरामी भएकाहरुको हकमा घरका परिवारका सदस्यले लिन सकिने पनि निर्वाचन कार्यलय पर्बतले जनाएको छ । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।