२६ वैशाख, पर्वत । कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । स्थानीय तहको चुनावलाई लक्षित गरेर एमालेले उक्त सभाको आयोजना गरेको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष, युवा नेता पदम गिरीले राष्ट्रियताको रक्षा गर्न एमालेलाई जनताले मत दिनुपर्ने बताए । अध्यक्ष गिरीले देश विकास र आर्थिक सम्बृद्धिको स्पष्ट खाका एमालेसंग मात्रै भएकाले जनताले सूर्य चिन्ह्मा मत दिने विश्वास ब्यक्त गरे । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य मनोहर वि. पौडेल, संघिय मामिला विभागका सदस्य तथा नगरप्रमुख पदका उमेदवार मेघनाथ सुवेदी, उप सचिव गोविन्द पहाडी, उप प्रमुखका उमेदवार मुवादेवी शर्मा, पर्यटन विभाग सदस्य लक्षमण गिरी, दिपक गदाल, वडा अध्यक्ष पदका उमेदवार तेजप्रसाद पाध्या लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरी झण्डै ५० कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष गिरी सहितका नेताहरुले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।




