Print

फलेवासमा माओवादीका जिल्ला कमिटि सदस्य सहित एक दर्जन कार्यकर्ता एमालेमा

२६, बैशाख पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा माओवादी केन्द्र जिल्ला कमिटि पुर्व सदस्य रमेश सिहं बि.क. सहित एक दर्जन कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । स्थानीए तहको निर्वाचनको मुखैमा नेपाली काङग्रेसका गाउँ कमिटि सदस्य याम नेपाली र माओवादीका धन  नेपाली र सिहं सहितका १५ जना कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । मंगलबार कुर्घाको उल्लेरीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा पार्टी प्रबेश गर्नेहरु लाई एमाले नेता एवं पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले अबिर,फुलमाला खादा सहित पार्टीमा प्रबेश गराउनुभएको हो । पार्टीमा प्रबेश गारउदै सांसद लम्सालले अहिले देशैभर एमालेको माहोल छाएकाले अब देशैभर एमालेको जित सुनिश्चत भएको दाबि गर्नुभयो ।

लम्सालले जनता सगँ जोडिएका मुद्धाहरुमा र राष्ट्रिय स्वाधीनता,सार्वभौसक्त र राष्ट्रिय अस्मिताको रक्षा गर्ने पार्टी मात्र एक एमाले रहेको दाबी गर्नुभयो । उहाँले समृद्धशाली मुलुक निर्माण गर्न तथा राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न एमाले लाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । लम्सालले बृद्ध, अपाङ्ग, एकल महिला, दलित, विद्यार्थी लगायतको उज्जल भबिष्य चाहाने पार्टी एमाले मात्र भएको बताउनुभयो ।

पार्टी प्रबेश गर्दै माओवादी केन्द्र जिल्ला कमिटि पुर्व सदस्य रमेश सिहले माओवादी पार्टीले देशमा लोकतन्त्र तथा सघिंयगणतन्त्र ल्याउनको लगाी महत्वपुर्ण भुमीको निभाएको भएता पनि पछील्लो समय उक्त पार्टी आफ्नो मात्र स्वार्थमा केन्द्रित रहेकोहुदाँ उक्त परिपार्टी आफुलाई सैय नभएका कारण एमालेमा आएको बताउनुभयो । उहाँले माओवादीको अस्तित्व अब समाप्त भएकाले आफु माओवादी परित्याग गरेको बताउनुभयो । उहाँले कुर्घाको उल्लेरिमा रहेको दलीत बस्तीमा अन्य कुनै दलकोको आखाँ नजादाँ बिकाश निर्माणकार्य माथि जान नसकेकोले आफुहरु लाई निकै समस्या भएकाले अब आम जनताले सोच्नुपर्ने समय आएको बताउदै अब देशको एमाले पार्टी मात्र जनताको सुखदुखमा साथी दिने पार्टीभएको दाबी गर्नुभयो ।