Print

पर्वतमा यस्तो छ निर्वाचनको तयारी

 २६ वैशाख, पर्वत । आगामी आइतवार हुने स्थानिय तहको निर्वाचनको तयारी पर्वतमा पुरा भएको छ । निर्वाचनका लागि आवश्यक सुरक्षा, जनशक्ति, तथा सामाग्रीहरुको व्यवस्थापन कार्य पुरा भएको छ । भने मतदान स्थलमा सामानहरु पठाउने तयारी भैरहेको छ ।

जिल्लाका २९ वटा मतदान केन्द्रमा पठाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरु सोमवादेखि कार्यक्षेत्रमा खटाइएको छ । २९ वटै मतदान केन्द्रका लागि ७ सय ७४ जना कर्मचारीलाई खटाइसकिएको छ । भने उनिहरुलाई आवश्यक सवैजसो सामाग्रीहरु प्याकिङ्ग गरेर जिम्मा लगाइसकिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । उनका अनुसार कर्मचारीहरुलाई तालिम दिइसकेर आवश्यक सामान समेत जिम्मा लगाएका छौ, दुरीको आँकलन गरी २७ गते कार्यक्षेत्रमा पुग्नेगरी उहाँहरु जानुहुन्छ ।

उनिहरुलाई मतदान केन्द्रमा आवश्यक पर्ने ६४ प्रकारका सामानहरु जिम्मा लगाएर पठाइएको छ । कार्यक्षेत्रमा पुगेर उनिहरुले स्थानिय सर्वदलिय बैठक गर्ने मतदान केन्द्र निर्माण गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने लगायतका काम गर्ने भएका छन् । भने ३१ गते निर्वाचन सम्पन्न गरेर मत परिणाम घोषणा भएपछि मात्र आफ्नो कार्यक्षेत्रमा खटिने भएका छन् ।
यता सुरक्षाकर्मीले पनि प्रत्येक मतदान केन्द्रका लागि आवश्यक म्यादी, नेपाल प्रहरी, शसस्त्र प्रहरी खटाइसकेको छ । भने नेपाली सेनाले निर्वाचनकै दिन आवश्यकता अनुसार सेना परिचालन गर्ने जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले पनि पर्वतमा सवैजसो तयारी पुरा भएको र मतदान केन्द्रमा गर्नुपर्ने काम मात्र बाँकी रहेको बताए । उनले निर्वाचनका लागि कुनै समस्या र चुनौती नभएको समेत स्पष्ट गरे ।