१३ वैशाख, पर्वत । पछिल्लो सातादेखि वर्षा भएपछि र हिउँ पग्लन थालेपछि पर्वतको देउपुर स्थित मोदीखोला जलबिद्युत केन्द्र र चुवा स्थित तल्लो मोदीखोला एक जलबिद्युत केन्द्रमा एक साता यता बिद्युत उत्पादन बढ्न थालेको हो ।
हिउँ पग्लन थालेपछि मोदीखोला जलबिद्युत केन्द्रमा ५ मेघावाट र तल्लो मोदीखोला एक जलबिद्युत आयोजनामा ३ मेघावाट थप बिद्युत उत्पादन भएको हो ।
केही दिन यता चर्को घाम सँगै वर्षासमेत भए हिउँ पग्लन थालेकाले खोलामा पानीको सतह समेत बढेको छ । हिउँ पग्लेपछि दिनमा भन्दा रातको समयमा बिद्युत उत्पादन अझै बढेको केन्द्रहरुले जनाएका छन ।
देउपुर स्थित १४ दशमलब ८ मेघावाट क्षमताको मोदीखोला जलबिद्युत केन्द्रमा अहिले १० मेघावाट बिद्युत उत्पादन भैरहेको छ । एक साता अघि ५ देखि ६ मेघावाट मात्रै उत्पादन भएको केन्द्रमा अहिले दैनिक १० मेघावाट उत्पादन भैरहेको छ ।




