Print

सामुदायिक बिद्यालयलाई जापानी लायन्स क्लबको सहयोग

१२ वैशाख, पर्वत । पर्वतका बिभिन्न सामुदायिक बिद्यालयलाई जापानी लायन्स क्लबहरुले कम्प्युटर लगायतका सामाग्री सहयोग गरेका छन । जापानका पाँच वटा लायन्स क्लबले पर्वतका चार वटा सामुदायिक बिद्यालयका लागि कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर लगायका सामाग्री सहयोग गरेका हुन ।

पर्वतका पञ्चकोशी माबि आर्थर, सिद्ध माबि पाङ्गराङ्ग, सरस्वती माबि बाजुङ्ग, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर सहयोग गरेका हुन भने दिब्यज्योती आधारभूत बिद्यालय देउरालीमा शैक्षिक सामाग्री र बिद्यालयकी पुर्ब बिद्यार्थी उषा भण्डारीको पहलमा शिबालय माबिमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई नगद २० हजार र शैक्षिक सामाग्री सहयोग गरेका हुन । सहयोगबाट बिद्यालयको शैक्षिक अवस्थामा सुधार गर्न सहज हुने सिद्ध माबि पाङ्गराङ्गका प्रअ चित्रबहादुर पाठकले बताए ।

जापानका लायन्स क्लब अफ नागासाकि निसी, लायन्स क्लब अफ कोका लायन्स क्लब, लायन्स क्लब अफ एरिनिसीयारी, लायन्स क्लब अफ हेनइओजे र लायन्स क्लब अफ ओनजेन ओवामाले पर्वतको लायन्स क्लब अफ पर्वत सिटीको संयोजनमा बिद्यालयहरुलाई सहयोग गरेका हुन । जापानमा सहयोग संकलनका लायन्स क्लब लागि क्लबकी संस्थापक सदस्य उषा पौडेल, जापानमा रहेर बिद्यालयका लागि सहयोग जुटाउँदै आएका समाजसेवी ठाकुर पौडेल तथा क्लबकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले पहल गरेका थिए ।

नेपालका सामुदायिक बिद्यालयहरुमा पढ्ने बिद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार गर्ने र सुलभ रुपमा शिक्षा आर्जन गर्ने अवसर सृजना गर्न क्लबले सहयोग गरेको बताएका छन । नेपालमा आउँदा बिद्यालयहरुको अवस्था देखेपछि बिद्यालयमा भवन, शैक्षिक सामाग्री र अन्य सामाग्री सहयोग गर्न जापानमा अभियान चलाउने गरेको मासाकाजु मानाजुले बताए । ‘हामीले बिभिन्न बिद्यालयमा शैक्षिक अवस्थामा सुधार होस भनेर सहयोग गरेका हौ’ उनले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रीक्ट ३२५ बि का सल्लाहकार काशीकुमार जोशीले जापानका लायन्स क्लबले सामुदायिक बिद्यालयहरुमा भूकम्प जाँदा देखि बिभिन्न समयमा सहयोग गरेकोमा धन्यबाद दिए । कार्यक्रममा लायन्स क्लब अफ कुस्मा सिटीकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले बिभिन्न समयमा दिइएको सहयोगलाई पुर्णरुपमा सदुपयोग गरिएको बताइन ।

लायन्स क्लब अफ कुस्मा सिटीकी अध्यक्ष चित्रकला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रिता केसी भण्डारी र सञ्चालन सचिब उषा चापागाईले गरेकी थिए ।