Print

पर्वतमा राप्रपालाई पनि चुनाव लाग्यो, यसरी हुँदैछ तयारी (उमेदवारहरुको नामावली सहित)

१० वैशाख, पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वत आफ्नो चुनावी एजेण्डा सहित संगठन विस्तार अभियानमा होमिएको छ । स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्व जनाउनका लागि पर्वतको शक्ति केन्द्रको रुपमा रहेको कुश्मा नगरपालिकामा प्रचार अभियान सहित संगठन विस्तार र उम्मेदवार छनोट कार्य सम्पन्न गरेको राप्रपा पर्वतले पर्वतको दोस्रो नगरपालिका फलेवासमा आफ्नो अभियान सञ्चालन गरेको छ ।

राप्रपाले आइतबारदेखि सञ्चालन गरेको अभियानमा फलेवास नगरपालिका अन्तर्गत राप्रपाको पक्षबाट फलेवास नगरपालिकाको मेयरमा अरुण पौडेल मेयरमा सिफारिस भएका छन् भने उप मेयर छलफल पश्चात् चयन गर्ने जनाइएको छ । राप्रपाले वडाध्यक्षमा फलेवास नगरपालिका अन्तर्गत वडा नं. १ मा टिकाराम पाध्या, २ मा होमबहादुर भण्डारी, ३ मा सुर्यप्रसाद लामिछाने, ४ मा महेश्वर सापकोटा, ६ मा तिलक शर्मा, ७ मा बालकृष्ण पौडेल, ९ मा रामबहादुर पौडेल क्षेत्री र ११ मा टिकाराम कुँवर रहेका छन् भने १० म ाचयन गर्न बाँकी रहेको राप्रपा पर्वतका अध्यक्ष ईश्वर गिरीले जानकारी दिए ।

त्यस्तै फलेवास नगरपालिका स्तरीय राप्रपा नगरसमितिको अध्यक्षमा टुकप्रसाद भूसाल चयन भएका छन् भने उपाध्यक्षमा होमबहादुर भण्डारी, सचिवमा सुर्यप्रसाद लामिछाने, कोषाध्यक्षमा सिर्जना शर्मा र सहसचिवमा रामबहादुर पौडेल क्षेत्री एवं प्रबक्तामा तिलकप्रसाद शर्मा सहित ९ सदस्यीय समिति विस्तार गरेको छ ।