Print

कांग्रेसबाट फलेवास नगरपालिकाका वडा अध्यक्षहरुको नामावाली (सुचि सहित)

१० वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट पर्वतको फलेवास नगरपालिकामा वडा अध्यक्षको उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ । वडाबाट सर्वसम्मत भई आएका बाहेक विवादित रहेको वडाहरुमा समेत पार्टीको माथिल्लो तह जिल्ला कमिटिले टिकट वितरणको तयारी थालेको हो ।

काँग्रेस स्रोतका अनुसार सोमबार र मंगलबार सबै वडाका अध्यक्ष तथा सदस्यहरुको टिकट वितरणको काम सक्ने बताइएको छ ।

फलेवास नगरपालिकामा सम्भावित वडा अध्यक्षहरु :

वडा नं. १ कार्कीनेटाबाट एकनारायणा शर्मा, २ मा थमानसिंह थापा, ३ मा अर्जुन कार्की, ४ मा लक्ष्मी गौडेल, ५ मा दुर्गादत्त तिवारी, ६मा किरण श्रेष्ठ, ७ मा मोतीप्रसाद रेग्मी, ८ मा रोशन गुरुङ, ९ मा हितमान गुरुङ, १० भवानीप्रसाद शर्मा र ११ मा जीतबहादुर सुनारले टिकट पाउने सम्भावना प्रवल रहेको काँग्रेस स्रोतले जनाएको छ ।