७ वैशाख, पर्वत । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट पर्बतमा ३ सय ३५ जना प्रतिनीधि छानिने भएका छन् । दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतबाट ३ सय ३५ जनप्रतिनिधि छानिने भएका हुन् । ७ वटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि छानिने छन जसअन्र्तगत २ नगरपालिका बाट २ मेयर र २ उपमेयर छानिने छन् र ५ गाउँपालिकाबाट १० जना छानिने छन् । भने वडा अध्यक्षमा ६१ जना प्रतिनिधि छानिने जिल्ला निर्वाचन कार्यालय पर्बतले जानकारी दिएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाको १४ बटा वडाबाट १४ जना वडा अध्यक्ष बन्नेछन् भने सबै भन्दा कम बिहादि गाउँपालिका र महाशिला गाउँपालिकाबाट ६–६ जना वडा अध्यक्ष रहनेछन् ।
७ वटा स्थानीय तहका ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि स्थानीय तहमा बिभिन्न राजनीतिक दलहरुमा प्रतिस्पर्दा रहने देखिएको छ । स्थानीय तहको निर्वाचनबाट ६१ महिला प्रतिनिधि हुने छन भने ६१ जनानै खुल्लाबाट प्रतिनिधि छानिने जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार २ नगरपालिका बाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिने छन् । कुल ३ सय ३५ जना प्रतिनिधि छनौटका लागि पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन । दुई नगरपालिकाबाट ४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउनेछन् ।
स्थानीय तह पुर्नसंरचना अनुसार जिल्लामा ६८ केन्द्र रहेको मा आसन्न निर्वाचनको लागि केन्द्र बढाइएर ७४ केन्द्र कायम गरीएको छ । आउँदो बैशाख ३१ गते तोकीएको स्थानीय तह निर्वाचनको सम्पन्न गराउन ७४ केन्द्र कायम भइसकेको र निर्वाचन सम्पन्न गराउन जिल्ला भर तीन सुरक्षा निकाय सँगै ८ सय जना निजामती र शिक्षक कर्मचारीहरु परिचालन हुने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।-सुबास लामिछाने




