Print

माओवादी केन्द्र रित्तिदै: उम्मेदवारको चर्चामा रहेका नै एमाले प्रवेश

७ वैशाख, काठमाडौं ।  सत्तारूढ दल माओवादी केन्द्रलाई हिजो टोखा नगरपालिकामा ठूलो झटका लागेको छ । टोखा नगरपालिकाको १० नम्बर वडाको अध्यक्षको दावेदारको चर्चाको शिखरमा रहेका राजकुमार महर्जन सहित २ दर्जन माओवादी कार्यकर्ता एमालेको युवा संघमा प्रवेस गरेपछि माओवादी केन्द्र रित्तिएको हो ।
युवा संघ नेपालका उपत्यका इन्चार्ज निरेशलाल सिंहको पहलमा महर्जन एमाले प्रवेश गरेका हुन् । राजकुमार महर्जनको नेतृत्वमा माओवादीबाट एमाले प्रवेश गरेको टोलीबाट ३५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
टोलीलाई पद तथा गोपनियताको सपथ निरेशलाल सिंहले गराएका थिए ।