Print

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा म्याग्दीका प्रमोद श्रेष्ठ विजयी

 २९ चैत, म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा म्याग्दीका युवा व्यवसायी प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि महासंघको चैत २८ र २९ गते काठमाण्डौमा भएको ५१ औ वार्षिक साधारणसभाबाट जिल्ला तथा नगर उद्योग वाणिज्य संघको उपाध्यक्षमा श्रेष्ठले ५३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

भर्खर मत गणना स्थलबाट हामीलाई म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले दिएको जानकारी अनुसार उहाँका निकटतम प्रतिद्धन्दी दिनेश श्रेष्ठले ४८ मत प्राप्त गर्नुभएको छ । वर्तमान कार्यसमितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट केन्द्रिय सदस्य रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्रेष्ठ यसअघि दुई कार्यकाल महासंघको केन्द्रिय सदस्य भईसक्नुभएको छ ।

सो पदमा वस्तुगत समूहको वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यसमिति सदस्य तथा स्थानीय आर्थिक विकास समितिका सभापति प्रमोद श्रेष्ठबीच कडा प्रतिस्पर्धा भएको थियो ।

महासंघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछि जिल्ला तथा नगरतर्फको उपाध्यक्ष पावरपूल पद मानिन्छ । म्याग्दीबाट महासंघको उपोल्लो पदमा पुग्ने श्रेष्ठ पहिलो हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस