Print

यस्तो छ नेपाल टेलिकमको नयाँ वर्ष अफर

२९ चैत, काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना उपभोक्तहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत को योजना ल्याएको छ ।

कम्पनीले उक्त अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट प्याक अफर ल्याएको छ ।

रिचार्ज अफर

उक्त अफर अन्तर्गत जिएसएम तथा सिडिइमए प्रिपेड सेवाका उपभोक्ताहरुले एमपोस तथा रिचार्ज कार्ड मार्फत १०० र २०० रुपैयाँको कार्डमा १० प्रतिशत एवं ५०० र १०० रुपैयाँको कार्डमा १५ प्रतिशत बोनस पाउनेछन् । जस्को भ्यालिडिटि तीन दिनको हुनेछ । उक्त रिर्चाज बोनस २०७३ चैत ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुनेछ ।

डाटा

२०७३ चैत ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टायम र नाइट टायम डाटा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

अल टायम डाटा प्याकेज अन्तर्गत १००, २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित क्रमशः ४००, ८५० र १५०० एमबी डाटा उपलब्ध हुनेछ ।

नाइट डाटा प्याकेज अन्तर्गत २०० र ३०० रुपैयाँमा ३० दिनको भ्यालिडिटि सहित राती १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः २ जिबी र ६.५ जिबी डाटा उपलब्ध हुनेछ ।

नाइट भ्वाइस प्याक

नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई २०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँमा सात दिनको भ्यालिडिटि सहित राति १० बजे देखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ ।

नाइट भ्वाइस प्याक सेवा लिनको लागि NIGHIVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पठाउनु पर्दछ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस