२९ चैत्र, पर्वत । पर्बतमा भर्खर मात्र सञ्चालनमा आउन लागेको पञ्चासे एफएम १०२ दशमलब ८ मेगाहर्जको आयोजनामा रेडियो प्रस्तोता, पत्रकारीता तथा उद्घोषण तालिम शुरु भएको छ । मंगलवार देखि १२ दिने पत्रकारिता तथा उदघोषण तालिम
कुश्मामा सुरु भएको हो ।
पत्रकारितामा रुचि राख्ने नयाँ ब्यक्तिहरुलाई पत्रकारिता गर्नको लागि थप हौसला बढाउने तथा तालिमबाट राम्रो प्रतिभा भएका केहि प्रशिक्षार्थीहरुलाई सञ्चालनमा आउँदै गरेको रेडियोमा काम गर्न अबसर समेत दिने उदेश्यका साथ तालिमको
आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा पर्बत मिडिया हाउस प्रालिका प्रर्बन्दक गणेश पौडेलले बताउनुभयो ।
तालिमको एक समारोहका बिच प्रमुख अतिथि माननिय सांसद तथा सञ्चार उद्यमि कल्पना चापागाईले उद्धघाटन गर्नुभयो । उद्धघाटन पश्चात बोल्दै उहाले प्रविधिको विकाससँगै जिल्लाको पत्रकारितलाई थप गुणस्तरीय बनाउदैं लैजानुपर्ने बताउनुभयो । नयाँ संरचना अनुसार स्थानीय तहमा रहेर गाउँ गाउँमा लुकेका र लुकाइएका समाचारलाई बाहिर ल्याउन समेत उहाँले आग्रह गर्नुभएको थियो । तालिम पश्चात पत्रकारिता पेशामा लाग्ने चाहना भएकाहरुलाई सञ्चार माध्यमहरु जिल्लामा प्रशस्तै रहेको भन्दै प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको कुरा ब्यवहारमा उर्तान आग्रह गर्नूभयो ।
झण्डै दुई हप्ता सम्म जारी रहने तालिममा युबाहरुको ब्यक्तिmत्ब, क्षमता र नेतृत्ब बिकास संगै ब्यवसायिक पत्रकारीता, समाचार संकलन तथा लेखन, र वाचन उद्घघोषण, रिपोर्टिङ लगायतका विषयमा प्रशिक्षण हुने बताइएको छ । पर्बत मिडिया हाउसद्धारा सञ्चालित तालिममा २५ जना भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्बतका सचिब गणेश गिरीले व्यक्तित्व विकास र सञ्चार क्षेत्रमा लागेर पत्रकारिता गर्छु भन्ने ईच्छा राख्नेहरुका लागि तालिम मार्ग निर्देशक हुन सक्ने बताउनुभयो । त्यस्तै तालिमका प्रशिक्षक भबानी प्रसाद शर्माले अवसरलाई जहिले पनि उपयोग गर्नुपर्नेमा जोड दिदै तालिमले प्रशिक्षार्थीहरु भित्र लुकेको गुण र प्रतिभालाई वाहिर प्रफुष्ठित गर्न सहयोग र्पुयाउने बताउनुभयो । कार्यक्रममा पर्बत जेशिसका अध्यक्ष अशोक गुरुङ्ग, रोटरी क्लब अफ पर्बतका आगामि अध्यक्ष देबि प्रसाद पौडेल, प्रेस चौतारी पर्बतका सचिब कृष्ण अखेली लगायतले सञ्चालनमा आउन लागेको एफएम तथा तालिममा सहभागिहरुलाई उत्तर उत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
पर्बत मिडिया हाउस प्रालिका प्रर्बन्धक गणेश पौडेलको अध्यक्षतामा सम्पन्न उद्धघाटन सत्रको सञ्चालन प्रेस चौतारी पर्बतका अध्यक्ष लक्ष्मण सापकोटा तथा स्बागत पञ्चासे एफएमका कार्यलय ब्यवस्थापक राजन पौडेलले गरेका थिए । जिल्लाको नयाँ संरचना अनुसार हरेक स्थानीय तहमा सञ्चार माध्यमको पहँुच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको पत्रकारिता तालिम आगामी बैशाख ८ गतेसम्म चल्ने बताइएको छ । तालिमले व्यक्तीको व्यक्तीत्व बिकासमा सहयोग पुर्याउदैं प्रशिक्षित र दक्ष जनशक्ती उत्पादनमा सहयोग पुर्याउने बिश्वास एफएमले लिएको छ।





प्रतिकृया दिनुहोस्