Print

जीपबाट खसेर फलेवासमा एकजनाको मृत्यु

२८ चैत्र, पर्वत । जिल्लाको फलेवास नगरपालिका ठानामौलाबाट कुश्मा आउँदै गरेको जीपबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।

फलेवास नगरपालिका वडा न ७ लिमिठानामाकी १६ बर्षिया धारणा पौडेलेको मृत्यु भएको हो ।

फलेवास नगरपालिका वडा न ५ खानीगाउँ बरेङडाडामा जीपबाट अचालक खसेकी उनको उपचारको क्रममा मृत्यु भएको हो । गुडिरहेका जीपबाट खसेकी पौडेलको मणिपाल अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस