Print

रियल जुसमा अखाद्य बस्तु भेटियो

२८ चैत्र, पर्वत । डावर नेपाल प्राइभेट लिमिटेडद्वारा नेपालमा उत्पादित रियल जुसमा आखाद्य बस्तु भेटिएको छ । पर्वतको कुश्माबजारको एक पसलमा रियल पाइनेप्पल जुसमा अखाद्य बस्तु भेटिएको हो ।

कुश्मा बजारमा मासु व्यवसाय गरी बस्ने प्रेम श्रेष्ठले जुस पिउँदा स्वादमा फरक पाएपछि जुसको बट्टा च्यातेर हेर्दा जुसमा विभिन्न प्रकारका किटाणुहरु भेटिएको बताए । ‘जुस पिउँदा अमिलो र अर्कै स्वाद आयो’ उनले भने ‘खोलेर हेर्दा फाटेको दुध जस्तो लेघ्रा र कालो पदार्थ भेटियो’

अखाद्य बस्तु भेटिएको जुसको बट्टामा उल्लेख भएअनुसार उत्पादन भएको दुई महिना मात्रै भएको छ । गत फेब्रुअरीमा उत्पादन भएको उक्त जुसको ७ महिना सम्म उपयोग गर्न मिल्ने बट्टामा उल्लेखित छ ।

श्रेष्ठले कुश्माबजारमा सञ्चालित सुमन ट्रेडर्सबाट उक्त जुस किनेर ल्याएको बताए ।

तस्विर : सन्तोष थापा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस