२२ चैत्र, पर्वत । उत्कृष्ट शब्द सर्जक कस्तुप पन्तले सु्गम संगीतका गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत बजारमा ल्याएका छन । पर्वतका सर्जक पन्तको शब्द तथा संगीतमा गायक खरेलको स्वरमा उक्त गीत बजारमा आएको हो । सारथी म्युजिकको प्रस्तुतीमा बजारमा आएको उक्त गीत निकै मार्मिक रहेको छ ।
सारथी ४ नाम दिइएको उक्त गीत सारथी डिजिटल प्रालि मार्फत् बजारमा आएको हो । यस गीतको म्यूजिक भिडियोमा अभिनय सुरेश र अपेक्षाले गरेका छन । बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकनमा तयार गीतको म्यूजिक भिडियोको सम्पादन मिलन बिकले गरेका छन भने गीतको म्यूजिक भिडियो निर्माण बि स्टार फ्लिम्स ले गरेको हो ।
सुगम संगीत र लोक संगीतका दजनौ गीतहरु रचना गरेका सर्जक पन्तले श्रोता र दर्शकको मन जित्ने गरी उक्त गीत बजारमा ल्याएका हुन ।
हेर्नुहोस भिडियो





प्रतिकृया दिनुहोस्