१७ चैत्र, पर्वत । घरकै चुल्होमा सल्किएको आगोमा परेर घाईते भएकी बालिकाको उपचारमा आर्थिक समस्या परेको छ ।
पर्वत जिल्लाको मोदी गाउपालिका ३ बाजुङकी ६ बर्षिय स्मीता नेपालीको उपचारमा समस्या भएको हो । गत पुस महिनामा चुल्होमा सल्किएको आगोले लगाएका लुगा जल्दा गम्भीर घाईते भएकी बालिकाको अहिले राजनधानीको कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ ।
विपन्न परिवारकी बालिका घाईते भएपछि उपचारका लागि आर्थिक समस्या भएको सहयोग माग्दै सदरमुकाम कुश्माबजार आइपुगेका बालिकाका बाजे काजीमान नेपालीले जानकारी दिए । उनले भने घरजग्गाको नामा घर वाहेक अरु केहि छैन, अन्य कुनै आर्थिक श्रोत समेत नभएकाले निकै सममस्या परेको छ ।
अहिलेसम्म २ लाख रुपैया भन्दा बढि रकम खर्च भैसकेको र अझै त्यतिनै रकम आवश्यक पर्ने भएकाले सहयोगको खोजीमा भौतारिएको उनले बताए । छोरा, बुहारी घाईते बालिकाको उपचारका लागि राजधानीमा गएपछि आफु सहयोगको खोजीमा हिड्नुपरेको बताए । घाईते बालिकाका बाबु लालकाजी र आमा कल्पन गाउँमै मजदुरी पेशा गरेर गुजारा चलाउँदै आएका थिए ।
शरिरको पुरै भाग जलेका कारण पोखरामा समेत उपचार सम्भव नभएपछि राजधानी लगिएको थियो ।
गुप्ताङ्ग लगायतक भागको घाऊ निको हुँदै गएको र अन्य स्थानमा प्लाष्टीक सर्जरी गर्नुपर्ने तथा केहि भागको शल्यक्रिया अझै बाँकी रहेको परिबारले जानकारी दिएकछन् । लगायतक भागको घाऊ निको हुँदै गएको र अन्य स्थानमा प्लाष्टीक सर्जरी गर्नुपर्ने तथा केहि भागको शल्यक्रिया अझै बाँकी रहेको परिबारले जानकारी दिएकछन् । लालकाजीका २ छोरी र १ छोरा रहेका छन् ।
अहिलेसम्म २ लाख रुपैया खोजेर राजधानीमा पठाए अझै त्यति रकम आवश्यक पर्ने भएका कहाँबाट संकलन गर्ने हो भन्ने पिरलो परेको बाजे काजीमानले गुनासो गरे । स्थानिय एमाले नेता भक्त कुँवरले विपन्न परिवारकी बालिकाको उपचारका लागि आर्थिक समस्या बल्झिएको र सहयोग गर्न सवैसँग अपिल गरिएको जानकारी दिए ।




प्रतिकृया दिनुहोस्