१७ चैत्र, पर्वत । जिल्लाकोे फलेवास नगरपालिका स्थित भंगराबाट महाशिला गाउँपालिका जोड्ने भंगरा–फलामखानी–लुंखु सडक सञ्चालनमा आएको छ ।
ट्रयाक खुल्ला भएपनि अवरुद्ध भएको सडक मर्मत पछि सञ्चालनमा आएको हो । सडकको सञ्चालनमा आएसंगै लुंखुदेउरालीबाट सदरमुकाम कुश्मा, फलेवास नगरपालिकाको केन्द्र खानीगाउँ र प्रदेश राजधानी पोखरा जानका सहज हुने भएको छ । उक्त सडकलाई वैकल्पिक सडकको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट २ लाख रकम विनियोजन गरेर कार्य गरेको निर्माण समितिका मनबहादुर कुवंरले जानकारी दिए । एक बर्ष पहिले देखि सडकमा झरेको पहिरो तथा कडा चट्टयानका कारण अबरुद्ध बनेको सडक खण्डमा अहिँले पहिरो तथा चट्टयान हटाएपछी सञ्चालनमा आएको हो । उक्त सडक खण्ड अन्र्तगत फलामखानी—लुखुं सडक खण्डको बिच बिचमा ठुला ठुला चट्टयान सहितको पहिरो सडकमा झरदा सडक पुर्ण रुपमा अबरुद्ध बनेको थियो ।





प्रतिकृया दिनुहोस्