१७ चैत्र, पर्वत । स्थानीय तहको चुनावी नजिकिदै जान थालेपछि नेपाली कांग्रेस पर्वत पनि चुनावी अभियानमा होमिन थालेको छ । अभियान सञ्चालनका लागि संगठन सुदृढिकरण अन्तर्गत बुधबार बसेको जिल्ला कार्य समितिको वैठकले रिक्त पदपूर्ति गरेको छ ।
कांग्रेसले १३ औ जिल्ला अधिवेशनपछि मनोनित गर्न बाँकी उपसभापति र सचिव पदमा दुई जनालाई मनोनित गरेको हो । पार्टी सभापति खिमप्रसाद भुषालको सभापतित्वमा मंगलवार बसेको जिल्ला कार्य समितिको बैठकले नेपाली काँग्रेसको उपसभापतिमा दुर्गावहादुर खत्री र सचिवमा युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेको छ ।
जिल्ला कार्यसमिति पर्वतले नेपाली काँग्रेसको विधानले व्यवस्था गरे बमोजिम पदाधिकारी मनोनियन गरेको पर्वत काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसका उपसभापति दुर्गावहादुर खत्री र पार्टी सचिव युक्तप्रसाद श्रेष्ठले मनोनित भएपछि प्रतिक्रिया दिंदै पार्टीले आफ्नो क्रियाशिलताको मुल्याङकन गरेको बताएका छन् । उनीहरुले पार्टीले थप जिम्मेदार बनाएको भन्दै अझ प्रभावकारी ढंगले विपी विचारमा आधारित पार्टीको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन लागि पर्ने बताए ।
पार्टी सचिव विश्वप्रकास प्रसाईले पार्टीले आन्तरीक सुदृढिकरणसंगै सक्षम उमेदवारलाई आगामी निर्वाचनमा उठाउने गरी आन्तरीक गृह कार्य शुरु गरेको बताए । उनले पर्वतका सवै स्थानमा कांग्रेसको जीतलाई सुनिश्चित बनाउन कर्मठ र पार्टीमा योगदान पुराएका नेताहरु मध्येबाट नै उमेदवार बनाउने स्पष्ट समेत पारे । –साजन परियार





प्रतिकृया दिनुहोस्