Print

ठूलीपोखरीमा आधारभुत पत्रकारिता तालिम सुरु

१७ चैत्र, पर्वत । जिल्लाको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम संचालन गरिएको छ । सामाजिक चेतना मञ्च पर्वतको आयोजनामा ५ दिने तालिम संचालन गरिएको हो ।

पत्रकारिता क्षेत्रमा युवाहरुको आकर्षण बढाउन तथा क्षमता अभिबृद्धी गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको हो । तालिममा ठूलीपोखरी, खौला र पिपलटारीका २० जनाको सहभागिता रहेको छ ।

तालिममा पत्रकारिताको व्यवहारिक ज्ञान, समाचार लेखन, संचार सीप, उद्घोषण लगायतका विषयबस्तुमा प्रशिक्षण दिईने तालिमका प्रशिक्षक प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल बताए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस