Print

पशु फार्ममा ६५ लाख लगानी, मासिक २ लाख आम्दानी

१५ चैत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका ७ खरेहामा ६५ लाखको लागतमा आधुनिक पशु फार्म  सञ्चालन गरिएको छ । अनेरास्ववीयूका पुर्व जिल्ला अध्यक्ष समेत रहेका कुश्माका सुवासचन्द्र पौडेलले उक्त पशु फार्मको सञ्चालन गरेका हुन ।

स्वदेशमा ठुलो आम्दानी गर्न सकिदैन भन्ने भ्रम अन्त्यका लागि गाई र भैसीपालन सुरु गरेका उनको फार्ममा अहिले ३ वटा भैसी र २२ वटा गाई रहेका छन । ब्यवस्थित र आधुनिक पशुपालन सञ्चालन गरेका पौडेलको नगरपालिकाकै ठुलिपोखरीमा समेत गरी कुल १ सय ३ वटा भैसीहरु रहेका छन । उनले दैनिक एक सय ३० लिटर भन्दा बढि दुध उनले बिक्री गर्दै आएका छन् । दुध विक्रीबाट मात्रै उनले मासिक २ लाख भन्दा बढि आम्दानी गर्दै आइरहेका छन ।

सफल कृषकको पहिचान बनाउन सफल पौडेल गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका पुर्व सभापति समेत हुन । सभापति पद जितेपनि क्याम्पस प्रशासनले राजनैतिक दबाबमा पदस्थापना नगराएपछि उनी राजनीतिसंगै ब्यवसायीक कृषि क्रान्तिमा लागेका हुन ।

पौडेलले ०७१ फागुनदेखि गाई र भैसीपालनमा लागेको बताए । स्थानीय भड्खोरे सामुदायिक बनको एक सय २० रोपनी बन र विभिन्न ब्यक्तिको गरी एक सय ४० रोपनी जग्गा भाडामा लिएर उनले फार्म सञ्चालन गरेका हुन । परिवारको समेत सहयोग पाएका उनको फार्ममा अहिले ७ जनाले रोजगार पाएका छन ।

फार्ममा उत्पादन भएको दुधबाट दुध जन्य परिकारहरु समेत उत्पादन गरी उनले विक्री गर्दै आएका छन । दुधबाट बनेको कुराउनी, दहि र मही समेत उनको फार्मबाट विक्री हुन्छ । स्थानीय कुश्मा बजारमा उनले दुध विक्री गर्दै आएका छन । ब्यवसायीक सफलतामा आफ्नो परिवारको देन ठूलो रहेको बताउने पौडेल पर्वतका युवाहरुको उदाहरणीय पात्र हुन ।

तस्विर : गणेश पौडेल

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस