१० चैत्र , पर्वत । गाउँपालिकाको केन्द्र अपायक भएको भन्दै जलजलाका असन्तुष्टले गरेको आन्दोलनले नयाँ मोड लिएको छ । विहिबार सदरमुकाम कुश्मामा जिल्ला स्तरीय राजनैतिक दलहरुका वीचमा असन्तुष्ट पक्षले मोहन चोक केन्द्र राख्ने गरी वा मोहन चोक नभए जिल्लाबाट नै सेवा लिने गरी निर्णय गरेसंगै केन्द्र तोकिएको माझफाँट क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रिएका छन । सरकारले तोकेको केन्द्र परिर्वतन गर्न नहुने माग राख्दै माझफाँटको वारी वेनीमा स्थानीयले आन्दोलनको शुरुवात गरेका हुन ।
उता, जिल्लामा साविकका सवै गाविसका प्रनितिधिहरुका वीचमा सहमती कायम गरी स्थान परिर्वतन गर्न जिल्ला स्तरीय सहमती भएपनि विहिबारको छलफलमा भने माझफाँट र बाँसखर्कका प्रतिनिधिहरुको उपस्थिती नभएपछि आन्दोलनले नयाँ रुप लिएको हो । विहिबार कुश्मा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलको पहिलो बुँदामा माझफाँटका राजनैतिक दलहरुको उपस्थिती नभएका कारण हालका लागि अस्थायी केन्द्र मोहन चोक राख्ने गरी निर्णय लेखिएको छ ।
छलफलको दोस्रो बुँदामा माझफाँटबासीको सहमती नभएमा र मोहन चोक समेत केन्द्र नतोकिएमा असन्तुष्ट साविकका गाविसका स्थानीय जिल्लाको सदरमुकाम कुश्माबाट सेवा सुविधा लिने गरी अस्थायी कार्यालय तोक्ने निर्णय गरिएको छ ।
उक्त निर्णयमा नेपाली कांग्रेसले माझफाँट र बाँसखर्कका स्थानीयलाई माझफाँट र अन्य क्षेत्रका बासिन्दालाई मोहनचोकबाट सेवा लिने सहमती प्रदान गरिएको थियो ।
त्यसैगरी एमालेले भने सवै पक्षको पायक पर्नेमा केन्द्र कायम गर्न जनप्रतिनिधिको समेत सहभागीतामा सवैको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेको थियो ।
अन्य दलहरु माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, नयाँशक्ति, परिवार दल र जनमुक्ति पार्टीले भने मोहन चोक नै केन्द्र राख्ने वा असन्तुष्टले जिल्लाबाट सेवा लिने कुराको सहमती गरी हस्ताक्षर गरेका छन ।
उता, माझफाँटका बासिन्दाले भने सरकारले तोकेको केन्द्र परिर्वतनको विपक्षमा बिहिबार साँझ देखि बारी वेनीमा आन्दोलन गरीरहेको छन । नारा जुलुस सहित सडकमा उत्रिएका उनीहरुले तोकिएको केन्द्र परिर्वतन गर्न नहुने माग गरेका छन ।







प्रतिकृया दिनुहोस्