१० चैत्र, पर्वत । विद्युत उत्पादनको प्रचुर क्षमता भएर पनि नेपालमा अपेक्षकृत विद्युत उत्पादन हुन नसकिरहेको बेला पर्वतका नदीनालाहरुमा ७१ मेगावाट क्षमताको विद्युत उत्पादन हुदैछ । जिल्लाको मोदीखोला र पातिखोलामा गरी ५ वटा जलविद्युत आयोजनाहरुबाट कुल ७१ दशमलव ३ मेगावाट क्षमताको विद्युत उत्पादन हुँदैछ ।
हाल २५ दशमलब ५ मेगावाट क्षमताक विद्युत आयोजनाहरु सञ्चालनमा छन भने, बाँकी आयोजनाहरु निर्माणधिन अवस्थामा रहेका छ । मोदीखोला जलविद्युत आयोजनाले १४ दशमलब ८ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ भने, तल्लो मोदी खोला एक जलविद्युत आयोजनाले भने १० मेगावाट क्षमताको विद्युत उत्पादन गरीरहेको छ ।
उता, पातिखोलामा रहेको पातिखोला जलविद्युत आयोजनाले १ मेगवाट क्षमतामा विद्युत उत्पादन गरीरहेको छ । हाल मध्यमोदी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा छ ।
जिल्लाको मोदी गाउँपालिक स्थित भुकदेउराली र देउपुरमा निर्माधिन उक्त जलविद्युत केन्द्रबाट १५ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । यसैगरी मोदी गाउँपालिका र कुश्मा नगरपालिकामो दोभानमा निर्माणधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाले निर्माण सम्पन्न भएपछि २० मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने छ ।
उक्त योजना आगामी १ बर्ष भित्र सम्पन्न हुदैछ । युनाइटेड मोदी हाइड्रोपावरले निर्माण गर्ने गरी तल्लो मोदीखोला २ जलविद्युत अयोजना पनि शुभारम्भको चरणमा छ । उक्त आयोजना सम्पन्न भएपछि थप १० दशमलम ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । यसले जिल्लाका मोदी र कुश्मा नगरपालिकामा आर्थिक बृद्धिमा सहयोग पुग्नेछ भने, समग्र राष्ट्रको बिद्युत मागमा पनि टेवा पुग् देखिन्छ ।





प्रतिकृया दिनुहोस्