Print

यसरी चल्दैछ पर्वतमा पुरानो संरचनाको अन्तिम एसइई परीक्षा

७ चैत्र, पर्वत । राज्य नयाँ संरचनामा गएपनि पुरानै संरचनामा सञ्चालन भएको एसइई परिक्षा पर्वतमा चलिरहेको छ । जिल्लाबाट ३६ सय ३९ जनाले भाग लिइरहेका छन ।

परीक्षाका लागि जिल्लाका १९ केन्द्र तोएिकोछ । चैत्र ३ गते देशभर सञ्चालन हुने कक्षा १० को प्रवेशिका परीक्षाको रुपमा उक्त परिक्षा पर्वतमा सञ्चालन भईरहेको छ । जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलका अनुसार यसवर्ष पर्वत जिल्लामा
माध्यमिक शिक्षा परीक्षामा ३६ सय ३९ जनाले परीक्षामा सहभागिता जनाउने भएका हुन् । कार्यालयका अुनसार नियमित तर्फ ३ हजार १ सय ५ जना र एक्ज्याम्टेड गे्रड बृद्धि तर्फ ५ सय ३४ जनाले परीक्षामा सहभागिता जनाइरहेका छन ।
कार्यालयले दिएको जानकारी अनुसार ग्रामप्रकाश मावि लेकफाँट, विद्याज्योती मावि माझाफाँट, हिमालय मावि खुर्कोट, नारायण मावि कुश्मा, शिवालय मावि कुश्मा ‘क’, शिवालय मावि कुश्मा ‘ख’, नवजागृत मावि तिलाहार, आदर्श आमावि
कुश्मा, नमुना आमावि कुश्मा तोकिएको छ ।

यसैगरी जनता शुदर्शन मावि ठूलीपोखरी, अन्नपूर्ण मावि कार्कीनेटा, भवानी विद्यापिठ खानीगाउँ, जनता मावि देविस्थान, महेन्द्र ज्योती मावि लुंखु, बालारानी मावि बालाकोट, जनसेवा मावि हुवास, निर्मल जनसेवा मावि त्रिवेणी, शालिग्राम मावि सेतीवेणी, वहाकी मावि वहाकी परीक्षा केन्द्र रहेका छन् ।

प्रत्येक दिन जिल्ला शिक्षा अधिकारी, विद्यालय निरिक्षक र कार्यालयका अन्य कर्मचारीहरुले परिक्षा केन्द्रको नियमित अनुगमन गरीरहेका छन । जिल्ला शिक्षा अधिकारी पौडेलका अनुसार हालसम्म परिक्षा मर्यादित ढङगले सञ्चालन भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस