७ चैत्र, पर्वत । नेपाली कांग्रेस पार्टी परित्याग गरी कांग्रेसका पूर्व जिल्ला सदस्य सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेसका पुर्व जिल्ला सदस्य तथा पाखापानी गाविसका सचिव भुवानन्द पाठक एमालेमा प्रवेश गरेका हुन ।
पाठकसंगै लुन्खु कुसुनडाडा नेपाली काङ्ग्रेस सदस्य बसन्त अधिकारी, राधा अधिकारी साबिक भोक्सिङ माओवादी गाउँ कमिटि सदस्य कृष्णबहादुर मल्ल लगायत छन । उनीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले स्वागत गरेका थिए ।
स्वागत गर्दै एमालेमा जनताको आकर्षण बढदै गएको भन्दै एमाले अवको निर्वाचनमा देशै पहिलो पार्टी हुने विश्वास समेत तिलिल्सीनाले ब्यक्त गरे ।






प्रतिकृया दिनुहोस्