Print

भाडा बढयो, यान्त्रिक पुल १ साता पछि सञ्चालनमा

७ चैत्र, पर्वत । पर्वतको कुस्मादेखि बाग्लुङ्ग जिल्लाको बलेवा जोड्ने यान्त्रिक पुलको भाडा बृद्धि भएको छ ।

मंगलवारदेखि यान्त्रिक पुलमा यात्रा गर्ने यात्रुहरुका लागि १३ दशमलब ३३ प्रतिशतले बृद्धि भएको हो । यान्त्रिक पुल कम्पनी लिमिटेड र बलेवा क्षेत्रका स्थानिय बीच सोमवार साँझ भएको सहमति अनुसार १३ दशमलब ३३ प्रतिशत भाडा बृद्धि गर्ने सहमति भएको छ ।

एकैपटक ठुलो मात्रामा भाडा बृद्धि गरेको भन्दै स्थानियले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि उक्त पुलको सेवा एक साता ठप्प भएको थियो । सोमवार साँझ बलेवा क्षेत्रका बासिन्दा र कम्पनीका संचालक हरुको बीचमा भएको सहमति पश्चात मंगलवार बिहान देखि पुल सुचारु भएको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

अब बलेवा क्षेत्रका बासिन्दाहरुले एकतर्फ यात्रा गरेको रु ८५ रुपैया तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु १ सय १४ रुपैया भुक्तानी गर्नुपर्ने भएको छ । यस अघि बलेवा क्षेत्रका स्थानिय बासिन्दाका लागि रु ७५ रुपैया र अन्यत्रका लागि रु १ सय रुपैया भाडादर कायम गरिएको थियो ।

त्यस्तै मासिक, साप्ताहिक रुपमा वारपार गर्नेहरुका लागि पनि १३ दशमलब ३३ प्रतिशतले नै भाडा बृद्धि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । पुलबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बलेवा क्षेत्रका बासिन्दाहरुलेनै कम्पनीले गरेको मुल्यबृद्धिप्रति असन्तुष्टी जनाएपछि समायोजन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस