६ चैत्र, पर्वत । नेपाललाई खण्ड खण्ड पार्ने जिम्मेवारी राज्यले बालानन्द पौडेललाई दियो । सरकारले पौडेललाई संघिय संरचनामा नेपालको पुर्नसंरचना आयोगको जिम्मेवारी प्रदान गरेको हो ।
उनको जिम्मामा नेपालमा कति प्रदेश बनाउने, कतिवटा स्थानीय तह बनाउने र प्रदेशको सिमांकन के गर्ने भन्ने थियो । पुर्नसंरचना आयोगको प्रमुख बनेका पर्वतको पिपलटारीका बालनन्दले राज्यलाई खण्ड खण्ड त पारिदिए तर आफ्नै गृह जिल्लाका बासिन्दाको मनलाई शान्त पार्ने हिसाबले पुर्नसंरचना भने गर्न सकेनन ।
पर्वतमा स्थायी घर भएका बालनन्द लामो समय सरकारी सेवाका अनुभवी कर्मचारी हुन । कुश्मा नगरपालिका भित्रका बासिन्दा भईकन पनि पर्वतलाई चिरा चिरा पार्दा उनले आफ्नो मातृभूमि कत्ति पनि सम्झिएनन ।
स्थानीय राजनैतिक दलहरु वीच भएका सवै खालका सम्झौता र स्थानीय जनताको चाहनालाई लत्ताउदै पौडेलले अपायक पर्ने केन्द्रहरु तोकिदिए । जसले स्थानीय ठूलो आक्रोस छ । सफल कर्मचारीको रुपमा अवकाश प्राप्त गरी राज्यको सवैभन्दा ठूलो संघिय राज्यको संरचना निर्माण गर्ने जिम्मेवारी समेत बहन गरेका पौडेलले गरेको मातृभूमि प्रतिको कुकृत्यको फलस्वरुप उनी गृह जिल्लामा असुरक्षित छन ।
जिल्लाको एक औपचारिक कार्यक्रममा सहभागी हुन आएका उनलाई सुरक्षाकर्मीले चौघेरामा सुरक्षा दिएर राखे । सामाजिक गतिविधिहरुमा दिल खुलेर निस्कन नसक्ने गरी उनी पर्वतमा गुप्तबासी बनेका छन ।
आफ्नै जिल्लाको संघिय स्वरुप निर्माण गर्दा स्थानीय जनताको चाहना र भावनालाई लत्ताएका उनी प्रति जिल्लाका धेरै बासिन्दा असस्तुष्ट छन । जलजला गाउँपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दा उनीसंग निकै आक्रामक छन ।
आइतबार पर्वतमा आयोजीत गाउँपालिकाको केन्द्र परिर्वतनको माग गर्दै जलजला गाउँपालिकका स्थानीयले गरेको सडक संघर्षमा उनीहरुले शरीरमा एक थोपा रगत रहुञ्जेल केन्द्र परिर्वतनका लागि संघर्ष गर्ने चेतावनी दिए । उता, आयोगका अध्यक्ष पौडेलको उनीहरुले शुक्रबार पुत्ला बनाएर दोहन समेत गरेका थिए ।
सुरक्षाकर्मीहरुका घेरा भित्र उनी गृह जिल्लाको नीजि निवासमा बस्न यतिबेला बाध्य भएका छन । कर्मचारी भएपछि र पदमा पुगेपछि आफूभित्रको म मात्रै ठूलो हुँ भन्ने घमण्डका कारण मातृभूमिका जनताको आक्रोस उनीसंग सधैभरी रहने निश्चित छ । (समाचार विश्लेषण)





प्रतिकृया दिनुहोस्