५ चैत्र, पर्वत । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिमा सरकारले दरबन्दी अनुसारका कार्यालय प्रमुखहरु खटाएको छ ।
सरकारले दरबन्दी अनुसारका कर्मचारी नखटाउँदा स्थानीय स्तरबाट जेष्ठ सचिवहरुलाई जिम्मेवारी प्रदान गरिएको थियो । दरबन्दी अनुसार कुश्मा नगरपालिकाका प्रमुख कुमानसिंह गुरुङलाई मोदी गाउँपालिमा सरुवा गरिएको छ ।
यसैगरी हिरामणी सुवेदीलाई फलेवास नगरपालिकाको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
उता, विहादी गाउँपालिकामा भने चन्द्रदेव जोशी आउने भएका छन । महाशिला गाउँपालिकामा विष्णुमाया ढकाल र पैयू गाउँपालिमा कल्पना खनाल बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको छ ।
उता, जलजला गाउँपालिकामा भने सिता पोखरेल अर्याललाई कार्यालय प्रमुखको रुपमा खटाइएको छ ।





प्रतिकृया दिनुहोस्