२ चैत, पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।
स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालिकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालिकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण मिलनचोक बजार दिनभर बन्द रहयो ।
बिहीबार पर्वतका सरकारी अधिकारीहरुको टोलीले मल्लाजमा जलजला गाउँपालिकाको केन्द्र उद्घाटनका लागि आउने कार्यक्रम छ । यसैगरी साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र बुझाएको छ ।
जलजला गाउँपालिकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् । मिलनचोकनै केन्द्र हुनुपर्ने साविकको माझफाँट गाविसका पर्वत बेनी,लुङदी र खोलाखेतका वासीन्दाको समेत माग रहेको छ ।






प्रतिकृया दिनुहोस्