Print

वर्तमान सरकारका लोकप्रिय स्वास्थ्य मन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउने तयारी

१ चैत्र, काठमाण्डौं । वर्तमान सरकारमा जनमुखी कामहरु गरेर चर्चामा आएका स्वास्थ्य मन्त्री गगन थापालाई अन्ततः नेपाली कांग्रेसले फिर्ता बोलाउने सम्भावना बढेको छ । उर्जा मन्त्रालय पछि सवैभन्दा दुरगामी कामहरु भएको स्वास्थ्य मन्त्रालयमा थापा आएपछि जनताले पनि ठूलो परिर्वतनको महशुस गरीरहेका छन ।

उता विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको खबर आजको नागरिकमा छ ।

फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो । मन्त्री थापाले नीतिसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लो पटक मात्रै करिब डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन् ।

गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको छ । गच्छदारले पार्टीभित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलाई रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य रोजेको जानकारी प्रधानमन्त्रीलाई गराइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस