Print

मेचि महाकाली अभियान अन्तर्गत आज नवलपुरमा एमालेको बृहत सभा, कार्यक्रम शुरु नहुँदै कार्यक्रम स्थल खचाखच

२८ फागुन, नवलपुर । नेकपा एमालेले मधेस जागरण अभिायान अन्तर्गत आयोजना गरेको मेचि महाकाली अभियान अन्तर्गत आज नवलपुरमा बृहत आमसभाको आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधनका लागि एमालेका केन्द्रिय स्तरका नेताहरु यति बेला नवपुर पुगिसेका छन । कार्यक्रममा दिउँसो ३ बजेदेखि केन्द्रिय अध्यक्ष केपि शर्मा ओली सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका केन्द्रिय सदस्य तथा प्रदेश प्रचार विभाग सदस्य गणेश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार अहिले मधेसका विभिन्न ठाउँबाट कार्यक्रम स्थलमा ¥यालीहरु आउने क्रम जारी छ । कार्यक्रम शुरुहुनु भन्दा झण्डै २ घण्टा अघि नै कार्यक्रम स्थल भरिभराउ भएको पौडेलले बताए ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस