२८ फागुन, पर्वत । कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ । बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको भन्दै पुरानो बानेश्वर र कलङकी चोकमा तोडफेड तथा आगजनी गरेका छन् ।
राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोेडफोड तथा आगजनी गरेको जनाइएको छ । यस्तै कलंकीमा पनि भारतीय नम्बर प्लेटको गाडी प्रहरी घेराभित्र तोडफोड भएको छ । गौशालाबाट आउदै गरेको यु पि ६५ एएम ०६५७ नम्बरको टोयटा कारमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।
सो क्रममा गाडि तोडफोड गरेको आरोपमा दुई जना बन्दकर्ता समेत पक्राउ परेको प्रहरीले जनाएको छ । बाके काठमाण्डौ सम्पर्क मन्चका अध्यक्ष शन्तोश खड्का र त्रिचन्द्र क्यम्पसका ईकाई सदस्य उशाकिरणलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै गएराति १० बजे लैनचौरमा पनि एउटा भारतीय गाडिमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । यसैबीच भारतीय गाडिमाथि तोडफोड हुने क्रम बढेपछि प्रहरीले रोकिएका गाडिहरुमा समेत सुरक्षा दिन थालेको जनाईएको छ ।
रत्नपार्कबाट जनगणतान्त्रिक मन्चका वरिष्ठ उपाध्यक्ष सहित ११ जना पक्राउ
पिके क्याम्पस बागबजार बाट आउदै गरेको जुलुसमा सहभागि उनीहरुलाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।






प्रतिकृया दिनुहोस्