Print

धौलागिरीका ८ क्याम्पसमा ५ अनेरास्वबीयू र ३ क्याम्पसमा नेविसंघ बिजयी

१८ फागुन, पर्वत । धौलागिरी अञ्चलमा बुधबार रातीसम्मको अपेडेटमा ८ वटा क्याम्पसको मत परिणाम आएको छ । प्राप्त विवरणका आधारमा ८ वटा क्याम्पस मध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वबीयूको विजय भएको छ ।

यसैगरी कांग्रेस निकट नेविसंघले ३ वटा क्याम्पस विजयी भएको छ । हालसम्म अनेरास्वबीयूले अन्नपूर्ण बहुमुखी क्याम्पस पर्वत, ग्रामप्रकाश बहुमुखी क्याम्पस लेकफाँट पर्वत, मंगला शिक्षा क्याम्पस र म्याग्दी बहुमुखी क्याम्पस म्याग्दी, र जनहित बहुमुखी क्याम्पस मुस्ताङमा जीत हासिल गरेको छ ।

यसैगरी नेविसंघले गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वत, धँुवाकोट बहुमुखी क्याम्पस लुंखु, र गलकोट बहुमुखी क्याम्पस बागलुङमा जीत हासिल गरेको हो । अञ्चलको ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसको मतपरिणाम भने बुधबार रातीसम्म पनि आएको छैन ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस