Print

स्थानीय निर्वाचनमा पर्वतमा १६ राजनैतिक दल प्रतिस्पर्धाका लागि तयार हुँदै (दलहरुको नाम सहित)

१७ फागुन, पर्वत । सरकारले स्थानिय निर्वाचनको चनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतमा १६ वटा दलले पार्टी दर्ता गराएका हुन् ।

यस पटक २०७० सालको निर्वाचन भन्दा ३ वटा वढि दल दर्ता भएका हुन् । जस मध्ये नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माअ‍ोवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा माले, नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त समाज पार्टी, नेकपा माले जनसमाजवादी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, र युनाईटेड ग्रिन अर्गनाईजेशन पार्टी ले दल दर्ता गराएका हुन् । स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि ३ दल बढेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । संविधानसभाको दोस्रो निर्वाचनमा पर्वतमा प्रत्यक्ष निर्वाचनका लागि १३ दल र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।

पर्वतमा यसपटक नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाईटेड ग्रिन अर्गनाईजेशन पार्र्टी नयाँ दर्ता भएका हुन् । दुई राप्रपा एक भएका छन् भने जनयुनिटी पार्टीले यस पटक दल दर्ता नगरेको कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा अधिकांस दलहरुको जनमानत समेत जफत भएको थियो । क्षेत्र नं. १ मा नेपाली काँग्रेस र क्षेत्र नं. २ मा नेकपा एमालेले प्रत्यक्ष तर्फ बिजयी भएका थिए भने समानुपातिकमा समेत तीनै दलको बाहुल्यता रहेको थियो ।
अधिकांस राजनीतिक दल जिल्लामा क्रियाशिल भएपनि केहि राजनीतिक दलहरुभने निर्वाचन कार्यालयमा दर्ता मात्र भएको पाइएको छ ।–लक्ष्मण सापकोटा

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस