Print

पुर्व प्रधानमन्त्री नेपाल एकै दिन पर्वतका ३ औपचारिक कार्यक्रममा सहभागी, २ वटा कृषि फार्मको अनुगमन

१४ फागुन, पर्वत । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधामन्त्री माधव कुमार नेपाल शनिवार पर्वतका तीन वटा औपचारिक कार्यक्रममा सहभागी हुदै २ वटा ब्यवसायीक कृषि समेत अनुगमन गरेका छन ।

शुक्रबार बेलुका पर्वतको कुश्मा आइपुगेका नेता नेपालले शनिवार औपचारिक कार्यक्रमसंगै पर्वतका २ वटा कृषि फार्मको समेत अनुगमन गरेका हुन ।
शुक्रबार साँझ पार्टी कार्यालयमा कार्यकर्तालाई विशेष निर्देशन दिएका नेता नेपाल शनिवार विहान प्रेस चौतारी पर्वतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागी भए ।

बिहानै जिल्लाको मुडिकुवा गाविसमा आयोजीत बृहत आमसभा कार्यक्रममा सहभागी नेपालले दिउँसो नै जिल्लाको डिमुवामा आयोजीत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा औपचारिक रुपमा सहभागी भए । नेता नेपालले औपचारिक कार्यक्रम संगै कुश्माको खरेहामा रहेको स्वर्ग गाई फार्म र कुश्माकै पराधिमा रहेको प्रेम एण्ड कृषि फार्मको समेत अनुगमन गरे ।
प्रेस चौतारी पर्वतले आयोजना गरेको विहानको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले आगामी वैशाख ३१ गते निर्वाचन जसरी पनि हुने बताएका छन । कार्यक्रममा नेता नेपालले निर्वाचनको विकल्प नरहेको भन्दै चुनाव हुनेमा सवैलाई ढुक्क रहन आग्रह गरेका हुन ।

संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन आवश्यक रहेको भन्दै देश चुनावमय भएको बताए । राष्टिय सहमतीको लागि अर्को सरकारको आवश्यक नरहेको भन्दै यहि सरकारले चुनाव गराउने नेता नेपालले जिकिर समेत गरे । कार्यक्रममा बोल्दै नेता नेपालले कसैले अर्को सरकारको आवश्यकता बारेमा प्रश्न उठाउनु गलत रहेको भन्दै उनले एमाले सरकारका जान कुनै हतार नगरेको समेत बताए । सरकार हाम्रो प्राथमकितामा छैन उनले भने सरकार परिर्वतन होइन सरकारले तोकेको निर्वाचन जसरी पनि हुनुपर्छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन पछि प्रदेश र केन्द्रको चुनाव लगतै हुने बताउदै नेता नेपालले देशलाई स्थिरता दिन पनि चुनाव अपरिहार्य रहेको उनले बताए । नेता नेपालले मधेसबादीहरुको मागका आधारमा चुनावलाई अन्यौल गराउन नहुने बताए । उनले संविधान संसोधनको कुनै औचित्य नरहेको बताउदै संसदमा प्रस्ताव नल्याउन समेत आग्रह गरे । मधेस केन्द्रित केहि दलका केहि ब्यक्तिहरुको उत्साहटमा लागेर प्रधानमन्त्री प्रचण्डले संविधान संसोधनको प्रस्ताव ल्याउन खोजेको बताउदै नेता नेपालले संसदबाट संसोधन प्रस्ताव कुनै हालतमा पनि पास नहुने जिकिर गरे ।
यसैगरी मुडिकुवा आयोजीत कार्यक्रममा बोल्दै देश एमालेमय भईसकेका कारण चुनावी अभियानमा लाग्न नेता कार्यकर्तार्ला निर्देशन दिए । निशुल्क स्वास्थय शिविरको उदघाटन गर्दै नेता नेपालले स्वास्थ्य शिविरमा सहयोग पुराउने सवै डाक्टरलाई धन्यवाद समेत दिए । उक्त शिविर र होजु स्वास्थ्य शिविर सञ्चालानका लागि कोरियाली डाक्टरहरुलाई आफूले पनि विशेष अनुरोध गरेको समेत उनले कार्यक्रममा खुलासा गरे ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस