६ फागुन, पर्वत । कलाकारिताका सवै विधामा आफुलाई सक्रिय बनाई रहेका कलाकार शंकर लामिछानेको वाल गीत बजारमा आएको छ । यूटुव मार्फत सार्वजनिक गरिएको उक्त गीत बालवालिकालाई लक्षित गरेर सार्वजनिक गरिएको हो ।
लामिछानेको आफनै रचनामा तयार भएको उक्त गीतमा लामिछाने र अनिता सुर्भीको स्वर रहेको छ । नेपाली चलचित्र, नेपाली लघु चलचित्र, नेपाली लोक गीत र हिन्दी भाषाका गीत निर्माण गर्ने र अभियन गर्ने कार्यमा लामिछाने सक्रिय छन । पर्वतको कुश्मा घर भएका लामिछाने अस्ट्रलियामा बस्दै आए पनि नेपाल र नेपाली संस्कृति संरक्षणमा विगत लामो समय देखि सक्रिय रहँदै आएका छन ।
सवै विधामा आफूलाई सक्रिय बनाउन चाहने कलाकार लामिछानेको अभिनय रहेको किन लाग्छ माया नामक नेपाली चलचित्र निकै चलेको थियो । सोहि चलचित्र मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गरेका उनले झण्डै आधा दर्जन बढि नेपाली लोक गीत पनि बजारमा ल्याएका छन ।
भिडियो





प्रतिकृया दिनुहोस्