Print

९ लाखको मेसिन उद्घाटनमा मन्त्रीले गरौ लाखौं रकम खर्च

२ फागुन, पर्वत । नेपाल सरकारका उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग मन्त्रालयबाट ९ लाख मूल्य पर्ने मेसिन एक कार्यक्रममा वीच आइतबार पर्वतको शालिजाका किसानलाई हस्तान्तरण गर्दै मेसिनको उद्घाटन गरे । आइतबार शालिजा जानका लागि राज्यमन्त्री, क्षेत्रीय प्रशासन सहितको दलबल सहित पर्वत आइपुगेका मन्त्रीले जिल्लाको शाजिला गाविसमा नै पुगेर उक्त मेसिनको शुभारम्भ गरेका हुन ।

उद्योग मन्त्री नविन्द्रराज जोशी

उद्योग मन्त्रालयले अर्थ मन्त्रालयसंग विशेष अनुरोध गरेर मेसिन हस्तान्तरण गरिएकोे बताउने उद्योग मन्त्री जोशीले ९ लाख मूल्यको मेसिन प्रदान गर्न भने निकै ठूलो तामझाम गरे । सदरमुकाम कुश्मा बजारबाट झण्डै ३० किलोमिटरको दुरीमा रहेको उत्तरी पहाडी गाविस शालिजामा पुग्न मन्त्री सहितका झण्डै ५० जना अतिथिहरु खटिएका थिए ।

जिल्लाका सवै सुरक्षा निकायका प्रमुख देखि नेपाली कांग्रेसका नेता कार्यकताहरु र सञ्चारकर्मी सहित एक दर्जन सवारी साधन सहित सालिजा पुगेका मन्त्रीले यातायातमा मात्र लाख भन्दा बढि रकम खर्च गरेका छन । अघिल्लो दिनको होटल बसाई देखि अतिथिहरुको खाना खर्च मात्र जोड्दा पनि लाख रकम भन्दा बढिको खर्च देखिन्छ ।

पर्वतमा अल्लो प्रशोधनका लागि प्रदान गरिएको मेसिनबाट अ
ल्लो उद्यमीलाई अल्लो उद्यममा सहयोग भने पुगेको छ । साना सहयोग हस्तान्तरण गर्दा ठूलो तामझाम गर्नुलाई सरोकारवालाहरुले विरोध गर्दै आएका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस