२२ माघ, पर्वत । पाँचौ पर्वत महोत्सवको नवौं दिन सुगम संगीतका चर्चित गायक प्रमोद खरेल आउने भएपछि दिउँसो देखि नै युवाको महोत्सवमा भिड लागेको थियो । जब साँझ ढल्कदै गयो स्टेजमा देखिए गायक खरेल । खरेलले जब ‘उस्ले जति माया तिमीलाई मैले पनि दिन्थे होला’ गीतवाट आफ्नो प्रस्तुती शुरु गरे, महोत्सवको माहोल एकाएक बदलियो । युवा दशर्कको बाक्लो उपस्थिती रहेको महोत्सवमा खरेलले आफ्ना सांगितिक प्रस्तुतीले हंगामा मच्चाएका थिए ।
खरेलको ‘हंगामा भो कसम हंगामा भो’ बोलको गीत गाउँदा दशर्कको भिड निकै उत्साहित बनेको थियो । चिसो मौसमसँगै चलचित्र तथा आधुनिक विधाका सवार्धिक चर्चित गीतहरुले महोत्सवमा उपस्थित दर्शकहरुलाई छमछमी नचाए । खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा‘. बोलको गीत गाउँमा दशर्कको ठूलो साथ पाएका थिए । उनले कार्यक्रममा ‘झुमा झुम्कावाली’, ‘म विना मुस्किल छ पोखरामा’ चल बतास चल’ लगाएतको गीतहरु गाएका थिए ।
छायाँकनकै क्रममा रहेको चलचित्र लम्फुको समेत गीत गाउँदै खरेलले चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेको गृह जिल्ला आउँदा पाउँदा खुशी ब्यक्त गरेका थिए ।





प्रतिकृया दिनुहोस्