Print

सिके राउत प्रक्राउ परेसंगै राजनीतिमा नयाँ तरंग

२१ माघ, काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतको गिरफ्तारीको पूर्व सांसद शान्ता चौधरीले स्वागत गरेकी छन् ।

राउत पक्राउ परेलगत्तै शान्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीमाथि कडा कारवाही गर्न माग गरेकी छन् । ‘अब विगतमा जस्तो उनलाई पक्राउ गर्दै फितलो मुद्दा लगाएर रिहा गर्न पाइँदैन,’ उनले लेखेकी छन्– ‘अब सीके राउत र उनको विखण्डनकारी विचारको पक्षधर साम्प्रदायिक जातिवादी तत्वलाई कसैले पनि जानअन्जानमा प्रोत्साहन दिन हुँदैन ।’

विखण्डनकारी राउतलाई पक्राउ गरिएको समाचारले समस्त नेपाली हर्षित भएको भन्दै विश्वको कुनै पनि मुलुकले विखण्डनकारी विचारलाई नसहने र नेपालले पनि सहन नहुने उनको धारणा छ ।

‘यो देश हामी रैथाने नेपाली नागरिकहरुको हो । नवनागरिक र अंगीकृतहरुले नागरिकता लिनासाथ हामी रैथाने नागरिक सरह अधिकार पाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भनेकी छन् ।

विखण्डनकारीविरुद्ध भोलि नयाँ बानेश्वरमा सभा

यसैबीच विखण्डनकारी तत्वहरुविरुद्ध रैथाने एकता परिषद्ले काठमाडौंको नयाँ बानेश्वरमा सभा गर्ने भएको छ । आज दिउँसो १ बजे एभरेष्ट होटल अगाडि हुने सभामा वक्ताको रुपमा शान्ता पनि उपस्थित हुँदैछिन् । उनले आह्वान गरेकी छन्– ‘यो देशलाई माया गर्ने लोकतन्त्रवादी जनता एक बनौं ।’

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस