Print

जिल्ला युवा समिति पर्वतले औपचारिक रुपमै काम शुरु गर्यो

२० माघ, पर्वत/ जिल्ला युबा समिति पर्बतले कुशमामा आफ्नो कार्यलय स्थापना गरेको छ । युबा समितिको कार्यलय बिहिबार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी स्थानिय बिकास अधिकारी र पर्बत जिल्लाका सम्पुर्ण राजनैतिक दलका प्रमुखहरुले उद्धघाटन गरेका छन् ।

ग्रामिण युबा उद्यम कार्यक्रम अन्र्तगत एक वडा १० युबा १ उद्यम, जिल्ला स्तरमा रहेका युबाको प्रतिभा युबा उद्योमिको खोजि र उनिहरुलाई प्रोत्साहान गर्ने उदेश्य स्बरुप युबा समिति पर्बत अगाडि बढेको कार्यक्रमको अबसरमा जानकारी गराईएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले पर्बतमा पनि युबा समितिले औपचारिक रुपमा काम गर्न थालेकोमा शुभकामना दिदै समितिले पर्बत जिल्लाका सबै बिकास र समृद्धिमा सधै अगाडि बढ्ने अपेक्षा गर्नुभयो । युबा जनशक्तीलाई राष्ट्ले दिशा निर्देश गर्न नसकिरहेको अबस्थामा लामो समय पछि युबा निति कार्यन्बयनमा ल्याईएको बताउँदै हरेक क्षेत्रको बिकासको लागि युवा शक्ती परचिालन गर्नुपर्ने अहिलेको अबाश्यकता रहेको बताउनुभयो । स्थानिय बिकास अधिकारी युबराज पौडेलले जिल्लामा रहेका युबाहरुलाई समेटेर अगाडि बढ्न युबा समिति पर्बतलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला युबा समिति पर्बतका अध्यक्ष बिमल लामिछानेले जिल्लामा रहेका युबाहरुको लागि युवा लक्षित कार्यक्रमका बारेमा योजना बनाउदै गरेको बताउनुभयो । उहाँले पर्बतमा पनि युवा शक्तिहरु पर्याप्त भएकोले त्यस्ता शक्तिहरुलाई सहि ठाँउमा प्रयोग र परिचालन गर्न सके देश विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाले आगामि दिनमा राजनैतिक दल बिभिन्न संघ संस्था हरुसंग सहकार्य र समबन्य गरेर युबा समिति पर्बत अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न कार्यलयका कार्यलय प्रमुख, युवा अभियन्ता, समाजसेवि लगायतको उपस्थिति रहेको थियो । सो अबसरमा जिल्ला युबा समिति पर्बतका कार्यलय प्रमुख हेम नारायण चापागाईले आर्थिक बर्ष ७३/७४ को बार्षिक कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला युबा समिति पर्बतका अध्यक्ष बिमल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यलय प्रमुख हेम नारायण चापागाईको स्बागत जिल्ला युबा समिति पर्बतका लागि शिक्षा कायृलय प्रतिनिधि कृष्ण आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुवास लामिछाने

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस