Print

संकटमा छापामाध्यम

पत्रकारितको प्रारम्भिक जीवन दिने छापामाध्यम क्रमशः संकटमा पर्दै गएका छन् । एका तर्फ डिजिटाइजेसन र अर्को तर्फ सरकारको सञ्चार माध्यम प्रतिको दृष्टिकोण, दुवै कारण संकटको केन्द्रभाग बनेका छन् । २ दशक अघिसम्म नेपालको पत्रकारिताको एउटा मुख्य पहरेदार बनेका छापामाध्यमको संकट इतिहासकै संकटपूर्ण घडिमा छ । संकट मोक्षनका लागि छापामाध्यमका अनेकन अस्त्रहरुले अहिले काम गर्न नसक्ने गरी थन्किएका छन् ।

नेपालमा पछिल्लो २ दशक देखिको सुचना प्रविधिको बढ्दो प्रयोगका कारण पनि सञ्चार माध्यमको शास्त्रीय मान्यता धरापमा पर्दै गएको छ । पुरातन रुपमा हामीले सञ्चालन गरेका सञ्चार माध्यमको ठाउँमा अहिले प्रविधियुक्त, सीपयुक्त र एआइ टेक्निोलोजीका नयाँ नयाँ आयामहरुको बृद्धि भईरहेको छ । यसले प्रमुख रुपमा सञ्चार माध्यमको परिष्कृतीकरण भईरहेको छ । सञ्चार माध्यमहरुलाई नयाँ जीवन दिनका लागि नविनतम सोच, ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नुपर्ने आवश्यकता महशुस हुँदै गएको छ । विश्व वजारको इन्टरनेटको विकास गरेसंगै त्यो विकासको मुख्य आयामले बढिजसो प्रविधियुक्त शिक्षा, प्रविधियुक्त ज्ञान र प्रविधियुक्त क्षेत्रमा प्रत्यक्ष प्रभाव जमाएको छ ।

५० को दशकसम्म आइपुग्दा नेपाली समाज शास्त्रीय मान्यतामै आधारित थियो । इन्टरनेटको पहुँचमा कमी, सुचना र प्रविधिको क्षेत्रमा विकासको अभावका कारण नेपालीहरुले सोचेजस्तो प्रविधिहरुको उपभोग गर्न पाएका थिएनन । २ दशकको अवधिमा विश्व बजारमा पनि ठूलो फड्को मारयो । ७० को दशकसम्म आइपुग्दा नविनतम सोच, ज्ञान र सीपहरुको खोजी हुन थाल्यो । विकसित समाजमा प्रवेश गर्न रुचाउनेहका लागि त्यो बजार उयुक्त गन्तब्य भयो । हामीले हिजो देखि सञ्चालन गरीरहेका छापाध्यमलाई विस्तापीत गर्नुपर्ने आवश्यकता र बाध्यता सृजना भयो ।

फ्रेक्वन्सी मोडुलेसनका रेडियोहरु र टेलिभिजनहरुको समेत विकल्प खोज्नपर्ने अवस्थाको क्रमशः सृजना हुँदै गयो । आज हामी ८० को दशकमा छौं । यो दशक सुचना प्रविधिको क्षेत्रमा निकै ठूलो अग्रगामी छलांङयुक्त विकसित समाजको रुपमा अगाडि बढिरहेको छ । ओपन एआइले शुरुवात गरेको कृत्रिम बौद्धिकताको सिको गर्दै आधा दर्जन बढि कृत्रिम बौद्धिकता (एआइ) का सप्टवयर कम्पनीहरुको विकास हुँदै गरेको छ । हामीले लामो समय लगाएर प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामहरु निकै कम समायमा ति एआई फिचरहरुले गर्न थालेका छन् । प्रविधियुक्त समाजलाई रुपमान्तरण गर्ने प्रयास र पहलमा हाम्रो अभियान अहिले इन्टरनेटलाई सारथी बनाएर समाजिक सञ्जालहरुको विकासका कारण पनि नविनतम प्रयोगमा आश्रित भइरहेका छन् ।

सामाजिक सञ्जाललाई नै सुचनाको मुख्य श्रोत बनाउने, सामाजिक सञ्जालको प्रयोग र विश्वासनीयतामा बृद्धि हुने पछिल्लो युवा पुस्ताको चाहनालाई अहिले छापामाध्यम वा रेडियो उपकरणहरुलाई छाँयामा पार्ने मुख्य साधन बनिरहेका छन् । यत्तिसम्मकी अनलाईन सञ्चार माध्यमहरुको विश्वसनीयता, दर्शकहरुको संख्या र तिनीहरुको प्रभाव भन्दा धेरै अहिले सामाजिक सञ्जालहरुको प्रयोगमा आएको बाढिका कारण पनि छापामाध्यमको संकट मोचनयुक्त छैनन भन्ने देखिन्छ । यी रहे विकसित समाजक विकसिट घटनाहरु । यी समानुकूल विकसित घटनाहरुलाई अहिलेको सरकारको थप मलजल गरेको भनौं या छापामाध्यम मैत्री सरकार हुन नसकेको भन्ने प्रश्न सिधा रुपमा उठिरहेको छ । छापामाध्यमहरुको इतिहास, विरासत जोगाउनुपर्ने मुख्य दायित्व, कर्म र धर्म सरकारको पनि हो । देशमा सञ्चालन भइरहेका मुलधारका मिडियाहरुमा विश्वसनीयता बढाउने, उनीहरुको क्षमता अभिबृद्धि गर्ने, सवलीकरण गर्ने र सञ्चार माध्यमको ब्यवस्थापकीय जिम्मेवारीलाई सिरोधार गर्ने राज्यको दायित्व क्रमशः अलग हुन खोजेको देखिन्छ ।

पछिल्लो समय सरकारले नीजि सञ्चार माध्यमलाई सरकारी विज्ञापनमा रोक लगायो । त्यो सञ्चार मैत्री निर्णय थिएन । अदालतले बदर गरयो । सरकारले सुचनाजन्य बोलपत्र आब्हानका विज्ञापन सामाग्रीहरु पत्रिकाहरुमा प्रकाशन गर्न नपर्ने गरी सार्वजनिक खरिद ऐन संसोधन गर्यो । नीजि क्षेत्रको आर्थिक विज्ञापनले मात्रै टिक्न नसक्ने सञ्चार माध्यम यो संसोधन पछि धरापमा परेका छन् । यि र यस्ता निर्णयहरुका कारण सरकारले छापामाध्यमको महत्व घटाएको मात्रै छैन्, छापामाध्यमलाई बन्द गर्ने नीतिमा सरकार अघि बढेको छ । नेपाल जस्तो कम आर्थिक बृद्धिदर भएको देशमा उद्योग कलकारखानाहरु कम छन् । विज्ञापन बजार निकै साँँघुरो छ । सिमित श्रोत र साधनहरु छन् । यस्तो अवस्थामा देशले सञ्चार माध्यमहरुको क्षेत्रमा गर्नुपर्ने कामहरुलाई दायित्वको रुपमा ग्रहण गर्नुपर्ने ठाउँमा सञ्चारमाध्यम विरोधी निर्णहरु क्रमशः गर्नु आफैमा छापामाध्यम माथिको अभिषाप नै हो ।

देशका महत्वपूर्ण आन्दोलनहरुमा सञ्चारमाध्यमले खेलेका रचनात्मक र सकारात्मक भूमिकाहरु अहिले क्रमशः हराउँदै गएका छन् । सामाजिक सञ्जालमा भाइरल हुने नाउँमा गरिने हर्कतहरुलाई समाचार मानिने, सुचना मानिने र त्यसैमा विश्वास गर्ने जमाना अहिले शुरु भएको । यी र यस्ता कामहरुका कारण नेपालको पत्रकारिता क्षेत्रमा क्रमशः छापा र रेडियो उपकरणजन्य प्रकाशनहरु छाँयामा पर्दै गएका छन् । हामीले जि एण्ड जि मिडिया प्रालिद्धारा २०७२ सालमा अर्थ वीट साप्ताहिकको प्रकाशनको शुरुवात गर्यो । त्यो पत्रिका अहिले १२ औं बर्षमा प्रवेश गरेको छ । २०७३ सालबाट यही प्रकाशन गृहले पर्वत न्यूज डटकमको शुरुवात गरयो ।

पर्वत जिल्लाको भरपर्दो सञ्चारमाध्यमको रुपमा स्थापीत गर्न हामीले यस अनलाईनलाई सफल भएका छौं । यहि प्रकाशन समूहले हामीले कुशुम खबर दैनिक २०७६ सालमा प्रकाशन शुरु गर्यौ । कोभिड संक्रमण संगै पत्रिकाले निरन्तरता पाउन सकेन् । अनलाईन छापामाध्यमहरुको विभिन्न खालका चरणहरुमा हामीले ब्यतित गरेका अनगिन्ती सुखदुःखहरु हामीसंग छन् । हामीले १२ बर्षको छापामाध्यमको पत्रकारितामा सवैभन्दा जटिल अवस्था अहिलेको बर्ष देखि शुरुवात भएको छ । यो कठिन, जटिल बर्षहरुले पक्कै पनि सुनौला दिनहरुको शुरुवात गराउनेछ ।

गणेश गिरी
प्रवन्ध निर्देशक
जि एण्ड जि मिडिया प्रा.लि.