Print

जातीय विभेदको अत्य सवै ठाउँबाट हुनुपर्छ :अध्यक्ष गुरुङ


१८ असार, पर्वत । विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जातीय विभेदको अन्त्य सवै ठाउँबाट हुनुपर्ने धारणा राख्नुभएको छ । विहादी गाउँपालिकाले गाउँपालिकाका सवै वडाहरुमा सञ्चालन गरीरहेको दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत वडा न २ बर्राचौरको कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले यस्तो धारणा राख्नुभएको हो ।

अध्यक्ष गुरुङले जातीय विभेदका कारण पछाडी परेको दलित समुदायले अहिले भने धेरै अवसर पाइरहेको बताउनुभयो । उहाँले दलित भनिने समुदायलाई कसैले पनि अव विभेद गर्न नहुने उहाँको तर्क छ । पछिल्लो समय दलित समुदायले राजनैतिक, सामाजिक धेरै अधिकार प्राप्त गरीसकेको गुरुङको भनाई छ । बर्ण ब्यवस्थामा सृजीत जातीय विभेदको अन्त्यका लागि गाउँपालिकाले पहल प्रयास भने गरीरहेको गुरुङले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिना तिवारी जातीय छुवाछुत अन्त्य आजको महत्वपूर्ण आवश्यकता रहेको विषय दोहोराउनुभयो । सञ्चारकर्मी तथा प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण पत्रकार तथा प्रेस यूनिएनका केन्न्द्रिय सदस्य साजन परियारले गरीरहनुभएको छ ।
गाउँपालिकाले पालिका भित्रका ६ वटै वडाहरुमा दलित वर्गको शसक्तिकरण, नेतृत्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरीरहेका छ ।