२७ जेठ, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ५ खानीगाउँकी ५२ बर्षकी महिलाको हत्याका अभियुक्त प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विजय यादवले आज पत्रकार सम्मेलन मार्फत अभियुक्त फलेवास ५ बस्ने २८ बर्षका कुशल पुरीको नाम सार्वजनिक गरेको हो ।
पुरानो चिनाचान रहेका पुरीले हत्याको जिम्मेवारी लिएको प्रहरीको दावी छ । घटनाको दिन जेठ ७ गते बेलुका संगै बसेर मदिरा र चुरोट खाएका पुरी राती ११ बजे आफ्नो घरमा गएको प्रहरीले जनाएको छ । घरमा भएको नक्कली सुनको सिक्रीसंग मृतक सन्तु नेपालीले लगाउने सुन साट्नका लागि रातको २ बजे नेपालीको कोठमा प्रवेश गरी बाउसको बिड प्रयोग गरेर पुरीले नेपालीको हत्या गरेको प्रहरी प्रमुख यादवले जानकारी दिनुभयो । यादवका अनुसार पुरीले मृतक नेपालीको अनुहारमा मोविल छर्केका थिए । हत्यालाई दुर्घटना वा आत्महत्या देखाउका लागि सिलिण्डरको ग्यास खुल्ला छोडी अण्डाको क्यारेटमा आगो लगाएर घरको ढोका भित्रबाट बन्द गरिएको प्रहरीले जनाएको छ ।
बिहान ७ बजेर ४५ मिनेटको समयमा नेपाली मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धानको शुरुवात गरेको थियो । अभियुक्त पुरीले नेपालीको घाँटीमा लगाएको सुनको सिक्री र अन्य गरगहना लुटपाट गरेको समेत प्रहरीको भनाई छ ।अभियुक्त पुरीले मृतक नेपालीको सुनको सिक्री, कानका लगाएका १० वटा मुन्द्राहरु लुटपाट गरेको प्रहरीको भनाई छ ।
मृतक नेपालीको सुनको सिक्री निकालेपछि आफूसंग भएको नक्कली सुनको सिक्री नेपालीको घाँटीमा लगाएको प्रहरी सामु पुरीले बयान दिएका छन् । नेपालीबाट लुटिएको सुन कुश्मा ५ स्थित ब्यवसायी रमेश कुमार श्रेष्ठलाई पुरीले बचेको भन्दै प्रहरीले श्रेष्ठलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
घटना पछि अभियुक्त पुरीका दैनिकीहरुको सुक्ष्म विश्लेषण मार्फत प्रहरीले अभियुक्त पक्रन सफल भएको प्रहरी प्रमुख यादवले जानकारी दिनुभयो । अयिभुक्त पुरीलाई प्रहरीले मोदी ५ पातिचौरबाट जेठ २६ गते नियन्त्रणमा लिएको जनाएको छ । बागलुङ नगरपालिका वडा न ५ बिनामारे घर भएकी नेपाली विगत केहि बर्ष देखि फलेवास ५ मा बस्दै आएकी थिइन । प्रहरीले सन्तु नेपालीको अर्को नाम सोम कुमारी नेपाली समेत रहेको जनाएको छ । घटनाको थप अनुसन्धान भईसकेको प्रहरीको भनाई छ ।




