२७ जेठ, पर्वत । आगामी आर्थिक बर्षको लागि संघ सरकारले घोषणा गरेका आयोजनाहरुको विवरणहरु प्राप्त भएका छन् । जिल्लाले यस अघि बर्षेनी प्राप्त गर्ने बजेटको तुलनामा ज्यादै न्यून बजेट यस बर्ष प्राप्त गरेको देखिन्छ । अर्थ मन्त्रीले प्रस्तुत गरेको बजेट पुस्तिकामा देशका ७७ जिल्लाहरु मध्ये न्यून बजेट पर्ने जिल्लाको अग्रभागमा पर्वत जिल्लाले आफ्नो नाम दर्ज गराएको छ ।

सरकारले भौतिक पूर्वाधार र सहरी विकास तर्फ पूर्वाधार निर्माणका आयोजनाहरु सञचालन गर्ने गर्दछ । तर, यस बर्ष पर्वतले खाली प्रायः हात बेहोर्नु परेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाधार विकास मन्त्रालय यस बर्ष घोषणा गरिएको छ । उक्त मन्त्रालयले जिल्लाका रणनैतिक महत्वका सडकहरुलाई रकम विनियोजन गर्ने गर्दथ्यो । चालु् बर्षमा १ दर्जन बढि आयोजनाहरुबा बजेट विनियोजन भएको यस मन्त्रालयले आगामी आर्थिक बर्षका लागि भने कुनै पनि सडकमा बजेट विनियोजन गरेको छैन । पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी लोकमार्गका नियमित बजेट बाहेक बजेट प्ुस्तिकामा कहि पनि पर्वत जिल्लाको नाम उल्लेख गरिएको छैन ।
उता, सहरी विकास मन्त्रालयलाई पनि यस बर्ष देखि शहरी वकास ,भवन, आवास तथा स्थानीय पूर्वाधार विकास गर्नका लागि भन्दै पूर्वाधार विकास मन्त्रालयमै गाभिएको छ । उक्त आयोजना अन्तर्गत पनि पर्वत जिल्लालाई अपहेलना सहितको बजेट उल्लेख गरिएको छ । ३ करोडमा कार्यान्वयनमा आएका योजना सहित लमायखोला र पातिखोला मोटरेवल पुल बाहेक कुनै नयाँ योजना स्विकृत गरिएको छैन् ।
भुक्तानी गर्न बाँकी सुरक्षित आवास कार्यक्रम, आरआरआरएसडिपी आयोजनाको भुक्तानी बाँकी र फलेवास तथा कुश्मा नगरपालिकाको शहरी विकास कार्यक्रम बाहेक अन्य कुनै पनि योजनाहरु बजेटमा उल्लेख गरिएको छैन् ।




