Print

पर्वतमा दौड प्रतियोगीता हुँदै

२५ वैशाख, पर्वत । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पाँचौं जिल्ला स्तरीय दौड प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै दूरीको दौड समावेश गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत महिलातर्फ ५ किलोमिटर तथा पुरुषतर्फ १० किलोमिटर दौड सञ्चालन गरिनेछ। प्रतियोगिताको दर्ता वैशाख २५ गतेभित्र गरिसक्नुपर्नेछ भने दौड वैशाख २६ गते शनिबार आयोजना हुनेछ।

दौड जिल्ला खेलकुद विकास समिति पर्वतको कार्यालय, बडागाउँ–कुश्माबाट सुरु हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूले नेपाल एथलेटिक्स संघको नियमअनुसार प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जनाएको छ।

महिलातर्फ प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ र तृतीयले ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरुषतर्फ पनि समान पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि कुनै दर्ता शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूले सुरुदेखि अन्तिम रेखासम्म दौड दूरी पूरा गर्नुपर्नेछ भने कुनै पनि सवारी साधनको प्रयोग गर्न पाइने छैन। विवाद उत्पन्न भए आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ। साथै, वैशाख २४ गतेसम्म नाम दर्ता गराउने खेलाडीहरूको दुर्घटना बीमासमेत गरिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बिहानको खानाको व्यवस्था समेत आयोजकले गर्ने जनाएको छ।