Print

लुंखु–हुवास सडकमा कालोपत्रेको काम सम्पन्न


१४ वैशाख, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण सडकमा कालोपत्रेको काम सम्पन्न भएको छ । हुवास लुंखु सडकमा कालोपत्रेको काम सम्पन्न भएको हो । सडक स्तरोउन्नती गर्ने कार्यक्रम अन्तर्गत निर्माण कार्य शुरु भएको ६ बर्ष पछि कालोपत्रे विछ्याउने काम सम्पन्न भएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइ) परियोजनाले उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि ठेण्डर आब्हान गरेको थियो ।

सरकार एडिभिको संयुक्त कोषबाट कालोपत्रे गर्ने गरी निर्माण कार्य शुरुवात भएको ६ बर्ष उक्त सडकमा कालोपत्रे विछ्याउने कामको सम्पन्न भएको हो । सडक निर्माणको काम शुरु भएपछि कोभिड १९ र बर्षातका कारण सडकमा भएको क्षतिका कारण सडकको निर्माण कार्य पर धकेलिदै आएको थियो ।

१५ किलोमिटर सडक खण्ड अन्तर्गत महाशिलाको लुंखु देखि पैयूको हुवास स्थित हातेमालो चोकसम्म सडक कालोपत्रे भएको छ । १५ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि कुल ३६ करोड ९६ लाख ९३ हजार ६ सय ८५ रुपैंया निर्माण ब्यवसायीसंग सम्झौता भएको छ । उक्त सडक निर्माणको लागि श्री हिमदुत एण्ड थोकर प्रालिले जिम्मा लिएको छ । सडक निर्माण सम्पन्न भएसंगै हुवास कुश्मा बजारको समय दुरी छोटो भएको छ ।