६ फागुन, पर्वत । फागुन २१ गते हुने आम निर्वाचनको चुनावी सरगर्मी बढिरहेको बेलामा पर्वत जिल्लाको निर्वाचनलाई लिएर राष्ट्रिय राजनीतिमा पनि बहसहरु शुरु भएका छन् । आगामी निर्वाचनमा कुन उमेदवारले निर्वाचन जित्छन भन्ने आकलनहरु शुरु भएका छन् भने निर्वाचनमा कुन उमेदवारले जित्नुपर्छ भनेर आफ्ना धारणाहरु समेत सार्वजनिक भईरहेका छन् ।
यसै वीच राजनैतिक विश्लेषक समेत रहेका डिल्लीराम खनालले पर्वतमा एमालेका उमेदवार पदम गिरीको जित सुनिश्चित भएको बताउँछन् । उनले एमालेको निश्चित जित्ने स्थान भनेको पर्वत रहेको भन्दै उनले पदम गिरीले जित्ने आकलन गरेका छन् । आफू पर्वतका विभिन्न ठाउँहरुमा पुगेको बेला पदम गिरीलाई सवैले रुचाएको स्मरण गर्दै भनेका छन् –कांग्रेस र माओवादीले पनि पदम गिरी निर्वाचनमा उठ्दा आफ्ना मत दिने आफूले जानकारी पाएको बताउँछन् । उनले भूगोलमा पदम गिरीको बर्चश्व रहेको समेत दावी गरेका छन् ।
उता, कलाकार जयकिशन बस्नेतले पनि पर्वतमा निर्वाचन पदम गिरीले जित्ने दावी गरेका छन् । उनले राष्ट्रिय राजनीतिमा राम्रोसंग स्थापीत भएका पदम गिरीले निर्वाचन सहज जित्नेब बताएका छन् । पदम गिरी बाहेकका उमेदवारलाई आफूले नचिनेको भन्दै पदम गिरी नै निर्वाचन जित्ने उमेदवार रहेको बताएका हु्न् ।
बाम विश्लेषकको ख्याती कमाएका पून्य गौतमको पनि त्यस्तै तर्क छ । उनले आफूलाई सफल मन्त्रीको रुपमा स्थापीत गरेका युवा पु्स्ताका नेता पदम गिरीले नै पर्वतबाट जित्नुपर्ने बताएका छन् । जोशिलो र आफूलाई राष्ट्रिय राजनीतिमा पदम गिरीले निर्वाचन जित्नुपर्ने बताएका छन् । उनले पदम गिरी विजेता र अर्जुन जोशी उपविजेता हुनुपर्ने धारणा समेत सार्वजनिक गरेका छन् ।
निर्वाचनको सरगर्मी बढ्दै जाँदा आफ्नो आफ्नो ठाउँबाट आफ्नो पक्षका उमेदवारहरुको प्रचारप्रसार शुरु भएको छ । पर्वतमा कुल १ लाख २१ हजार ४ सय ५४ जना मतदाताहरु रहेका छन् ।




