Print

सेनाका पूर्व उपरथी बाँनिया भन्छन्–‘निर्वाचन पछि आउने दललाई जनताले विश्वास गर्नुपर्छ’


६ फागुन, पर्वत । नेपाली सेनाका सेवा निवृत्त उपरथी दिपक बाँनियाले निर्वाचन पछि आउने जनप्रतिनिधिहरुलाई जनताले विश्वास गर्नुपर्ने धारणा राख्नुभएको छ । सेनाको उपरथीबाट निबृत्त हुनुभएका बाँनियाले एक रेडियोलाई विशेष अन्तर्वाता दिदै यस्तो धारणा राख्नुभएको हो ।

उहाँले आगामी निर्वाचनबाट छनौट हुने दल र जनप्रतिनिधिहरुलाई जनताले विश्वास गर्न नसके देशमा सधै अस्थिरता रहने समेत बताउनुभएको छ ।

नेपालको भू राजनीति बंगलादेश र पाकिस्तानको जस्तो नभएको भन्दै सुरक्षा घेरामा नेपाली सेनाले कुशलतापूर्वक निर्वाचन सफल बनाउन प्रत्यन्न गर्ने समेत विश्वास ब्यक्त गर्नुभएको छ । सुरक्षाका ३ वटा घेरा मध्ये महत्वपूर्ण घेरामा नेपाली सेना रहने भन्दै उक्त घेरा भने दुरी र अवस्था अनुसार नै सरकारले ब्यवस्थापन गर्ने समेत बताउनुभएको छ । सुरक्षा चुनौति यथावत रहेको खण्डमा निर्वाचन गराउन गाह्रोे हुने समेत बाँनियाले तर्क गर्नुभएको छ ।

बाँनिया पर्वत जिल्लाका स्थानीय हुनुहुन्छ । नेपाली सेनामा रहँदा ३ दशक बढि जागिरे अनुभव संग्लान्नुभएका बाँनिया पछिल्लो समय सामाजिक गतिविधिहरुमा सक्रिय हुनुहुन्छ ।